दैनिक ४ किलो सुनको माग, ३ किलोमात्रै आपुर्ति
सुन अभाव भएपछि कास्कीका व्यवसायी आन्दोलित
काठमाडाैं १०,भदाै । राष्ट्र बैंकले गरेको असमान वितरणले सुनको अभाव भएको भन्दै कास्कीका व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरण भएको भन्दै कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले वर्षौंदेखि सुनको आयातमा लगाइएको कोटा बढाउन माग गर्दै आएको छ । तर, सरकारले सुनुवाइ नगरेको उनीहरुको दुखेसो छ । राष्ट्र बैंकले सुनको माग र आपूर्तिको व्यवस्थापन गर्न नसकेको सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघका अध्यक्ष किसान सुनार बताए ।
कुनै पनि सामग्री उत्पादनका लागि कच्चा पदार्थ चाहिन्छ । गरगहनाको कच्चा पदार्थ सुन हो । तर, यहाँ माग अनुसारको सुन नपाइएका सुनार बताउँछन् । जसका कारण सिजनको बेलासमेत अभाव हुँदा व्यवसायीलाई मर्का परेको उनीहरुको भनाइ छ ।
राज्यले दैनिक सुन वितरणको कोटालाई कम्तीमा पनि दोब्बर बनाउनैपर्ने व्यवसायीको माग छ ।
कास्कीमा दैनिक ४ किलो सुनको माग छ । तर, राष्ट्र बैंकले हप्तामा जम्मा ३ किलोमात्रै उपलब्ध गराउँछ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन उपलब्ध गराउँछ । त्यसमा राजधानीका ३ जिल्लालाई ६० प्रतिशत र बाँकी सबै जिल्लाका लागि ४० प्रतिशत सुन वितरण हुन्छ । असमान वितरणको अन्त्य गर्न व्यवसायीले माग गरेका छन् ।
कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिणाममा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिणाममा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ । ‘झिटी गुन्टामार्फत आउने सय ग्राम सुनमा साबिककै अवस्था अनुरुप व्यवस्था गरियोस्,’ व्यवसायीको माग छ, ‘नेपाल राष्ट्र बैंकले सुन आपूर्तिमा लगाएको सिन्डिकेट अन्त गरियोस् ।’
सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।
चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनीहरुको भनाइ छ ।
‘मापदण्ड तथा निर्देशिका चाँडो देऊ सरकार’
सरकारले बेलाबेला सुनचाँदी पसलमा छापा मार्छ तर बिना मापदण्ड । सरकारले सुनचाँदी व्यवसाय मापदण्ड तथा निर्देशका नबनाई अनुगमन गर्न नदिने व्यवसायीको विरोधपछि पछिल्लो समय अनुगमनसमेत ठप्प छ ।
सुनचाँदी व्यवसायीले छिटोभन्दा छिटो मापदण्ड तथा निर्देशिका ल्याउन माग गरेका छन् । सरकारले सुनचाँदी मापदण्ड तथा निर्देशिका जारी नगर्दा उपभोक्ता समेत ठगिने गरेका छन् ।
‘सरकारले अनुगमन गर्छ तर के हो र कस्तो हो तनि मापदण्ड भन्ने नै छैन । हस्तकला महासंघले खरिद गरेको चाँदीको गुणस्तर जाँज्ने एउटा पुरानो मेसिनले सरकार सुनको गुणस्तर हेर्छ,’ सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्माले भने, ‘सरकारको पुरानो मेसिनले सही माप गर्दैन र अनुगमन गरेर लिएर गएको सुनचाँदी मापन गर्दा व्यवसायीलाई सहभागी गराउनु पर्छ ।’
२०७० वैशाख १३ गते सरकार र व्यवसायीबीच १५ दिनभित्र निर्देशिका बनाउने सहमति भएको थियो । तर, सरकारले अहिलेसम्म निर्देशिका नल्याएको व्यवसायीको भनाइ छ । सरकार आफैंले निर्देशिका जारी गरेर नियमन गर्नुपर्नेमा व्यवसायीले माग राखेर आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु दुखद भएको उनले बताए ।
‘सुनचाँदी तथा गरगहना व्यवसायसँग सम्बन्धित मापदण्ड निर्देशिका चाँडोभन्दा चाहियो,’ आभुषण व्यवसायी संघका अध्यक्ष किसान सुनारले भने, ‘व्यवसाय सञ्चालन निर्देशिका आउन नसक्दा व्यवसायीले सास्ती खेप्नु परेको छ ।’
ओसारपसारमा हैरानी
सरकारले सुन आयातको जिम्मा वाणिज्य बैंकलाई दिएको छ । व्यवसायी आफैँले सुन आयात गर्न पाउँदैनन् । तर, बैंकले एकाधिकारको फाइदा उठाउँदै आएको व्यवसायीले गुनासो गर्ने गरेका छन् । बैंकले बजारको मागको अध्ययन नै नगरी आयात गर्ने व्यवसायीको आरोप छ ।
जिल्लाका व्यवसायीले सुनका लागि केन्द्रमै धाउनुपर्ने बाध्यता छ । बैंकले मोफसलमा सुन दिँदैन । एक बैंकको चेक अर्को बैंकले स्वीकार नगर्दा बैंकैपिच्छे खाता खोल्नुपर्ने समस्या रहेको व्यवसायी बताउँछन् ।
एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा प्रहरी प्रशासनबाट विभिन्न खाले अवरोध हुने व्यवसायी बताउँछन् । गरगहना बनाउने क्रममा एक ठाउँबाट अर्को ठाउँमा सुन लैजानुपर्ने हुन्छ, अझ काठमाडौंबाट मोफसलमा सुन लैजानुपर्ने पर्दा सास्ती खेप्नु परेको व्यवसायीको गुनासो छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











