दैनिक ४ किलो सुनको माग, ३ किलोमात्रै आपुर्ति
सुन अभाव भएपछि कास्कीका व्यवसायी आन्दोलित
काठमाडाैं १०,भदाै । राष्ट्र बैंकले गरेको असमान वितरणले सुनको अभाव भएको भन्दै कास्कीका व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरण भएको भन्दै कास्कीका सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले वर्षौंदेखि सुनको आयातमा लगाइएको कोटा बढाउन माग गर्दै आएको छ । तर, सरकारले सुनुवाइ नगरेको उनीहरुको दुखेसो छ । राष्ट्र बैंकले सुनको माग र आपूर्तिको व्यवस्थापन गर्न नसकेको सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघका अध्यक्ष किसान सुनार बताए ।
कुनै पनि सामग्री उत्पादनका लागि कच्चा पदार्थ चाहिन्छ । गरगहनाको कच्चा पदार्थ सुन हो । तर, यहाँ माग अनुसारको सुन नपाइएका सुनार बताउँछन् । जसका कारण सिजनको बेलासमेत अभाव हुँदा व्यवसायीलाई मर्का परेको उनीहरुको भनाइ छ ।
राज्यले दैनिक सुन वितरणको कोटालाई कम्तीमा पनि दोब्बर बनाउनैपर्ने व्यवसायीको माग छ ।
कास्कीमा दैनिक ४ किलो सुनको माग छ । तर, राष्ट्र बैंकले हप्तामा जम्मा ३ किलोमात्रै उपलब्ध गराउँछ । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन उपलब्ध गराउँछ । त्यसमा राजधानीका ३ जिल्लालाई ६० प्रतिशत र बाँकी सबै जिल्लाका लागि ४० प्रतिशत सुन वितरण हुन्छ । असमान वितरणको अन्त्य गर्न व्यवसायीले माग गरेका छन् ।
कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिणाममा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिणाममा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ । ‘झिटी गुन्टामार्फत आउने सय ग्राम सुनमा साबिककै अवस्था अनुरुप व्यवस्था गरियोस्,’ व्यवसायीको माग छ, ‘नेपाल राष्ट्र बैंकले सुन आपूर्तिमा लगाएको सिन्डिकेट अन्त गरियोस् ।’
सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।
चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनीहरुको भनाइ छ ।
‘मापदण्ड तथा निर्देशिका चाँडो देऊ सरकार’
सरकारले बेलाबेला सुनचाँदी पसलमा छापा मार्छ तर बिना मापदण्ड । सरकारले सुनचाँदी व्यवसाय मापदण्ड तथा निर्देशका नबनाई अनुगमन गर्न नदिने व्यवसायीको विरोधपछि पछिल्लो समय अनुगमनसमेत ठप्प छ ।
सुनचाँदी व्यवसायीले छिटोभन्दा छिटो मापदण्ड तथा निर्देशिका ल्याउन माग गरेका छन् । सरकारले सुनचाँदी मापदण्ड तथा निर्देशिका जारी नगर्दा उपभोक्ता समेत ठगिने गरेका छन् ।
‘सरकारले अनुगमन गर्छ तर के हो र कस्तो हो तनि मापदण्ड भन्ने नै छैन । हस्तकला महासंघले खरिद गरेको चाँदीको गुणस्तर जाँज्ने एउटा पुरानो मेसिनले सरकार सुनको गुणस्तर हेर्छ,’ सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्माले भने, ‘सरकारको पुरानो मेसिनले सही माप गर्दैन र अनुगमन गरेर लिएर गएको सुनचाँदी मापन गर्दा व्यवसायीलाई सहभागी गराउनु पर्छ ।’
२०७० वैशाख १३ गते सरकार र व्यवसायीबीच १५ दिनभित्र निर्देशिका बनाउने सहमति भएको थियो । तर, सरकारले अहिलेसम्म निर्देशिका नल्याएको व्यवसायीको भनाइ छ । सरकार आफैंले निर्देशिका जारी गरेर नियमन गर्नुपर्नेमा व्यवसायीले माग राखेर आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु दुखद भएको उनले बताए ।
‘सुनचाँदी तथा गरगहना व्यवसायसँग सम्बन्धित मापदण्ड निर्देशिका चाँडोभन्दा चाहियो,’ आभुषण व्यवसायी संघका अध्यक्ष किसान सुनारले भने, ‘व्यवसाय सञ्चालन निर्देशिका आउन नसक्दा व्यवसायीले सास्ती खेप्नु परेको छ ।’
ओसारपसारमा हैरानी
सरकारले सुन आयातको जिम्मा वाणिज्य बैंकलाई दिएको छ । व्यवसायी आफैँले सुन आयात गर्न पाउँदैनन् । तर, बैंकले एकाधिकारको फाइदा उठाउँदै आएको व्यवसायीले गुनासो गर्ने गरेका छन् । बैंकले बजारको मागको अध्ययन नै नगरी आयात गर्ने व्यवसायीको आरोप छ ।
जिल्लाका व्यवसायीले सुनका लागि केन्द्रमै धाउनुपर्ने बाध्यता छ । बैंकले मोफसलमा सुन दिँदैन । एक बैंकको चेक अर्को बैंकले स्वीकार नगर्दा बैंकैपिच्छे खाता खोल्नुपर्ने समस्या रहेको व्यवसायी बताउँछन् ।
एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा प्रहरी प्रशासनबाट विभिन्न खाले अवरोध हुने व्यवसायी बताउँछन् । गरगहना बनाउने क्रममा एक ठाउँबाट अर्को ठाउँमा सुन लैजानुपर्ने हुन्छ, अझ काठमाडौंबाट मोफसलमा सुन लैजानुपर्ने पर्दा सास्ती खेप्नु परेको व्यवसायीको गुनासो छ ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












