किन बन्द गर्दैछ ? गुगलले ‘गुगल प्लस’
एजेन्सी । सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकपि्रयता हासिल गर्न सकिरहेको छैन ।
फलतः गुगल प्लस प्लाटर्फमको ढोका बन्द गर्ने अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ ।
यसको पहिलो पाइलाका रुपमा गुगल फ्रान्सले औपचारिक घोषणा गरेको छ । गुगल फ्रान्सको अफिसियल गुगल प्लस पेजमा राखिएको जानकारी अनुसार यहीँ हप्तादेखि गुगल प्लसको ढोका बन्द गरिनेछ ।
गुगल प्लसमा रहेका गुगलका फलोअर्सहरुलाई पनि अब कम्पनीको अफिसियल फेसबुक पेज तथा टि्वटर ह्याण्डलमा रिडाइरेक्ट गरिनेछ ।
गुगलले भनेको छ ः हामीलाई थाहा छैन यसलाई कसरी घोषणा गर्ने ? तर गुगल प्लसमा रहेको गुगल प्लस पेजले यहीँ सप्ताहन्त देखि ढोका बन्द गर्दैछ । यत्तिका वर्षसम्मको योगदानका लागि सबैलाई धन्यवाद ।
गुगलले आफुले चालेको पछिल्लो कदमको कारण भने खुलाएको थिएन । यद्यपि गुगल फ्रान्सले गुगल प्लसको पेजमा पछिल्लो ४६ हप्तायता कुनै पोष्ट गरेको थिएन । यसले पनि गुगल प्लस निस्क्रिय नरहेको प्रष्ट हुन्छ । पछिल्लो पटक गरेको सेवा बन्द गर्ने घोषणाको पोष्ट सम्ममा उक्त पेजमा ४ लाख ७१ हजार फलोअर्स थिए ।
फ्रान्समा गुगल प्लसको अफिसियल पेज बन्द भएसँगै त्यसलाई अन्य देशमा पनि निरन्तरता दिइने सम्भावना छ ।
गत फेब्रुअरीमा गुगल प्लसका इन्जिनियरिङ म्यानेजरले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ भर्सनको गुगल प्लस ल्याउन लागिएको खुलासा गरेका थिए । तर त्यस्तो घोषणा गरेको ६ महिना भैसक्दा पनि गुगलले कुनै नयाँ प्रडक्ट ल्याएको छैन । उल्टै गुगल प्लसको अफिसियल पेज नै बन्द गर्ने कदमको सुरुवात भएको छ । यसबाट गुगल प्ल्सका बारेमा गुगलले आगामी दिनमा कुन निर्णय लिने हो अन्योल भएको छ ।
स्मरण रहोस् विश्वमा गुगल प्लसका झण्डै ५० करोड प्रयोगकर्ता छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












