बिमस्टेक सम्मेलनका विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउदै
काठमाडाै १२,भदाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई जानकारी गराउदै छन। संघीय संसदमा अपरान्ह एक बजे बोलाइएको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनका विषयमा जानकारी गराउने छन ।
उनले सम्मेलनको तयारी, एजेण्डा लगायतका विषयमा सांसदलाई जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिहीबारबाट शुरु हुने सम्मेलनका लागि आजैबाट पाहुनाहरु काठमाडौं आउन शुरु हुदैछ । आजै अपरान्ह म्यान्मारका राष्ट्रपति विन मिन्ट नेपाल आउदै छन। बिमष्टेकमा बिभिन्न ५ बिषयमा छलफल हुन लागेको छ । यसैविच, बैठकमा सरकारले आज बिभिन्न ५ वटा विधेयक टेबुल गर्दैछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले रोजगारीको हक सम्बन्धी विधेयक प्रस्तुत गर्नु हुनेछ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संशोधन विधेयक र सामाजिक सुरक्षा विधेयक तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भूमि सम्बन्धी सातौं संशोधन विधेयक टेबुल गर्नेछन । बैठकमा वैयक्तिक गोपनीयता सम्बन्धी विधेयकमा सामान्य छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












