नारायण काजिले रन्किदै भने, वामदेवलाई डोल्पाबाट सांसद बनाए मलाई चाँहि रोल्पा कि कता ?
काठमाडाैं १३,भदाै । नेपाल कम्युनिष्ट पार्टीमा नेता वामदेव गाैतमलाई सांसद बनाउने बारेमा चर्कै बहस छलफल चलेपछि अन्ततः उनी डोल्पाबाट चुनाव लड्ने पक्कापक्की भएको छ ।
उनी नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हुन् । प्रतिनिधिसभाको सदस्यमा बर्दिया १ बाट पराजित भएका गौतमलाई डोल्पाबाट उपनिर्वाचन गराएर सांसद बनाउने तयारी स्वरुप अहिले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पामा जनतासंग राय सुझाव माग्न पठाइएको छ ।
बुढाले डोल्पामा आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग भेटघाट गरेर पार्टीको निर्देशनको बारेमा जनतालाई जानकारी गराउदै गर्दा डोल्पाली जनताहरु फाल्गुनसम्म राजीनामा नदिएर बस्न सुझाइरहेका छन् । बुढाका अनुसार आफू पार्टीले अह्राएको काममा लाग्ने र एक कम्युनिष्ट कार्यकर्ता भएकाले जनताको कुरा सुनेर राजीनामा दिने जनाएका छन् ।
गौतमलाई सांसद बनाउन नेकपाका अर्का अध्यक्ष प्रचण्डले बढी जोड गरेकाले ओलीले पनि सहमति जनाइ सकेका छन् । यता वामदवले संसदमा वामदेवको आवश्यकता रहेको र आफू जस्तो नेता नहुनाले संसदमा कुरा नमिलिरहेको जनाउँदै आएका छन् ।
तर, स्रोतका अनुसार नारायणकाजी श्रेष्ठले ‘गौतमलाई डोल्पा हो भने मलाई रोल्पा हो कि कता हो, ठाउँ देखाउनु पर्याे’ भनेर बैठकमै गुनासो गरेका थिए । तर एकता हुनुभन्दा पहिले प्रधानमन्त्री ओली र श्रेष्ठबीच सम्बन्ध राम्रो भएपनि पछिल्लो समयमा दुरी बढेको छ ।
आेलीले डा. गोविन्द केसीलाई भेट्न गएको बारेमा बालुवाटारमै दुई नेताबीच चर्काचर्की समेत परेको थियो । यसै कारण श्रेष्ठले नेकपाको प्रवक्ताबाट राजीनामा समेत दिएका थिए । श्रेष्ठले केहि सार्वजनिक कार्यक्रममै आेलीले आफूलाई कुराएर कम्युनिष्टमा हुनु पर्ने गुण समेत गुमाउन खोजेको आरोप लगाएका थिए ।
श्रेष्ठ गोर्खाबाट नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसंग पराजित भएका थिए । उनी आफू पनि संसदमा जाना पाउनु पर्ने सोचमा तीब्र लविङ गरिरहेको स्रोतले जनाएको छ ।
अहिले ओली गौतमललाई सांसद बनाएर श्रेष्ठलाई साइजमा ल्याउने रणनीतिमा लागेको आेली निकट स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











