नेपालमा डेढ करोड जनसंख्यामा इन्टरनेटको पहुँच
काठमाडाैं १३,भदाै । सरकारी तथ्यांकअनुसार नेपालमा इन्टरनेट सेवाको पहुँच ५० प्रतिशतभन्दा बढी जनसंख्या माझ पुगेको छ । तथ्यांकले यस्तो देखाए पनि तथ्यांकमा प्रशस्तै दोहोरोपाना भने छ ।
जस्तै एनसेल र एनटीसीका दुबै सेवा एकै व्यक्तिले लिए पनि त्यसलाई दुई जना मानेर गणना हुँदा एकीन तथ्यांक प्राप्त हुने अवस्था छैन । फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड दुबै प्रयोग गरिरहेका एउटै व्यक्तिको गणना पनि दुई पटक हुँदा आधा जनसंख्याले इन्टरनेट सेवा प्रयोग गरिरहेको जस्तो देखिएको नेपाल दूरसञ्चार प्राधिकरणकै अधिकारी स्वीर्काछन् ।
स्मार्टफोनको प्रयोग बढ्दै जाँदा तीव्र रुपमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको असार मसान्तसम्मको तथ्यांकले देखाउँछ ।
गत असारसम्म ५१.१५ प्रतिशत जनसंख्या बराबरमा इन्टरनेट प्रयोगकर्ता रहेको देखिन्छ । एक करोड ४९ लाख ८१ हजार नागरिकले इन्टरजनेट सेवाको प्रयोग गरिरहेको प्राधिकरणको एमआईएस रिर्पोटमा देखिन्छ ।
तारसहितको फिक्स्ड ब्रोडब्याण्ड, ताररहित फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड गरी झण्डै डेढ करोड नागरिकले इन्टरनेट सेवा उपयोग गरिरहेको रिर्पोटले देखाउँछ । ५० प्रतिशतमध्ये ३९ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताकै छ ।
तारसहितको फिक्स्ड ब्रोडब्याण्डको हिस्सा १० प्रतिशत छ भने ताररहितको फिक्स ब्रोडब्यायाण्ड प्रयोग गर्नेहरु ५१ प्रतिशतमा १.०४ प्रतिशत मात्रै छन् ।
असारसम्म नेपाल टेकिलमबाट ६५ लाखले इन्टरनेट सेवा लिइरहेको देखिन्छ भने ६१ लाख ९ हजार प्रयोगकर्ता एनसेलबाट मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।
टेलिकमले थ्रीजीमा ४७ लाख प्रयोगकर्ता पाएको छ भने एनसेलले ४९ लाख । फोरजीमा टेलिकमका ६० हजार प्रयोगकर्ता रहेको देखिन्छ भने एनसेलसँग ११ लाख फोरजी सेवाका प्रयोगकर्ता आवद्ध छन् ।
टेलिमको एडीएसएल सेवाका प्रयोगकर्ता १० लाख छन् । केबल एफटीटीएच सेवाको प्रयोगकर्ताको संख्या २० लाख १२ हजार छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरुले मात्रै २२ लाख प्रयोगकर्ता बनाएका छन् ।
Comments
अरु समाचार
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...











