बाँकेमा दोब्बरले बढ्यो लागुऔषध प्रयोगकर्ता
काठमाडाैँ १६,भदाै । जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो ।
पछिल्लो तीन वर्षको तथ्याङ्कबमोजिम यस्तो वस्तुको प्रयोगकर्ता तथा कारोवारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।
साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्रायः किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ ।
आव २०७४–७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका किशोरी पुरुष साथीसँग लागेर कुलतमा फसेका प्रहरी निरीक्षक रणबहादुर बिष्ट बताउँछन् ।
उनका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर भएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२–७३ मा प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेकमा ७८ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० ग्राम चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाजा १५ ग्राम बरामद भएकोे थियो ।
आव २०७३–७४ मा लागुऔषधसहित १८९ जनालाई पक्राउ गरिएकामा १३७ मुद्दा दर्ता गरिएको थियो । सो अवधिमा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिलिटर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।
आव २०७४–७५को अहिलेसम्म २४३ जना पक्राउ परेकामा १४७ वटा मुद्दा दर्ता भए भएका छन् । पक्राउ परेकाहरूबाट ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिएका छन् । गत आवमा तीन हजार ९३६ ट्याब्लेट बरामत गरिएकाले पनि यस्तो स्थिति देखाएको हो । खान सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा समेत जोड दिएको पाइएको छ ।
त्यस्ता ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाइ छ । बाटोको पहुँच भएकाले जुम्लाबाट समेत लागुऔषध लिन रुपैडिहा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषधको प्रयोग बिस्तारै पहाडी क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको भनाइ छ ।
लागुऔषधविरुद्ध काम गर्दै आएको सहारा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजारभन्दा बढीले यस्ता औषधको प्रयोगकर्ता भएको बताउँछन् ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा कारवाहीका लागि ‘सिधा कारवाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ भने आधा दर्जन सङ्घसंस्थाले पनि यसबिरुद्ध जनचेतनामूलक गतिविधि गरिरहेका छन् ।
जिल्ला कारागारमा रहेका बन्दीमध्ये लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढि छन् । निमित्त कारागारप्रमुख श्याम लामिछानेकाअनुसार पछिल्लो तथ्याङ्कमा कारागारमा ६५३ मध्ये लागुऔषधका २३२ जना छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












