नेकपाको स्थायी कमिटी बैठक अनिश्चित ,कता अल्मलियो एकता प्रक्रिया ?
काठमाडाैँ १७,भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक दोस्रोपटक अनिश्चित बनेको छ । पार्टीका तल्ला कमिटी र जनसंगठनको एकीकरण टुंगो लगाउन १८ र १९ भदौका लागि डाकिएको स्थायी समिति बैठक गृहकार्य नपुगेको भन्दै पुनः स्थगित हुन लागेको हो । यसअघि गत ८ र ९ गते डाकिएको बैठक समयको चापले गर्दा गृहकार्य पूरा हुन नसकेको भन्दै स्थगित भएको थियो ।
‘केही तयारीका काम बाँकी रहेकाले भोलिका लागि डाकिएको स्थायी समिति बैठक केही दिनका लागि पर सर्दै छ,’ महासचिव विष्णु पौडेलले भने, ‘हामी छिटोभन्दा छिटो एकीकरणको काम टुंगोमा पुर्याउँछौँ ।’
साताव्यापी अमेरिका भ्रमणमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल २० भदौमा मात्र स्वदेश फर्किँदै छन् । अध्यक्ष प्रचण्ड पनि २२ भदौमा भारत जाँदै छन् । राजनीतिक भ्रमण पूरा गरेर उनी स्वदेश फर्किएपछि मात्र पर्याप्त गृहकार्य गरेर बैठक बोलाइने स्रोतले जनाएको छ । एकीकरण कार्यदलको सिफारिसलाई लिएर असन्तुष्टि बढेपछि अध्यक्ष ओली र नेता नेपालबीच पर्याप्त गृहकार्यपछि मात्र बैठक बोलाउने सहमति भएको स्रोतको भनाइ छ । ‘उहाँहरूबीच नेपाल अमेरिकाबाट फर्किएपछि पर्याप्त छलफल गरेर मात्र बैठक बोलाउने सहमति भएको छ।
स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डामा छलफल सुरु भए पनि सबै सदस्यले करिब दुई महिनादेखि औपचारिक धारणा राख्न पाएका छैनन् । २१ असारमा बसेको स्थायी समिति बैठकमा सरकारको कामको समीक्षा एजेन्डा राखिएको थियो । तर, नेताहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना सुरु गरेपछि अध्यक्ष प्रचण्डले त्यस निम्ति छुट्टै बैठक आयोजना हुने भन्दै बैठक बीचैमा टुंग्याएका थिए ।
तर, त्यसयता करिब दुई महिना पुग्न लाग्दा पनि नेकपाले सरकारको कामको समीक्षा एजेन्डामा औपचारिक छलफल गरेको छैन । स्थायी समिति बैठक बस्न ढिलाइ हुँदै गएपछि कतिपय नेताहरूले आफ्ना धारणा सुझाबका रूपमा सामाजिक सञ्जालबाट राखेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












