प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग : डा. मिनेन्द्र रिजाल
काठमाडौं १७ , भदाै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दवाव दिइरहेका बेला काँग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।
आइतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यकता पनि औंल्याए ।
संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुक ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह गरे ।
नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दवाव दिँदै आएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












