विवादास्पद ‘बिमस्टेक सैन्य अभ्यास’मा किन मुछिदैँछन, नेपाली सेनाका प्रधानसेनापति
काठमाडौं १८ भदाै भारतमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन प्लाटुन सैन्य अधिकारी सहभागी हुने भएका छन् ।
भदौ २५ गतेबाट भारतको पुनेमा हुने बिमस्टेकस्तरीय सैन्य अभ्यासमा पाँच जना अधिकृत सहित ३० जना सैन्य अधिकारी सहभागी हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दक्षिण पूर्वी एशियाका देशहरु नेपाल, भारत भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका सुरक्षा अधिकारीहरुको बीचमा हुने सैन्य अभ्यासलाई विवादास्पद रुपमा लिइएको छ । बिमस्टेकलाई आर्थिक तथा प्राविधिक सहयोगको मञ्च भनिएपनि चौंथो शिखर सम्मेलन सकिनासाथ सैन्य अभ्यासको शुरुवात हुनु आफैंमा विवादास्पद कार्य भएको सुरक्षा विद्हरु बताउँछन् ।
भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्र स्थत पुनेमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका नवनियुक्त प्रधान सेनापनी पुर्णचन्द्र थापा समेत सहभागी हुने भएका छन् ।
भदौ २४ गते दज्र्यानी चिन्ह लगाएपछि थापा त्यसतर्फ लाग्ने बताइएको छ । बिमस्टेक सदस्य राष्ट्रका सवै सेनाप्रमुख पुनेमा जाने कार्यक्रम भएपनि प्रधान सेनापति थापा कुन दिन त्यसतर्फ प्रस्थान गर्ने भन्नेबार निक्र्योल नभएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।
‘बिमस्टेक सदस्य राष्ट्रका सबै सेना प्रमुखहरुले भाग लिने कार्यक्रम छ’ सैन्य प्रवक्ता भण्डारीले भने, ‘तर, नेपालबाट हाम्रो चिफसा’प कहिले जाने भन्ने कन्फर्म भैसकेको छैन ।’
पहिलोपटक हुन लागेको बिमस्टेक राष्ट्रहरु बीचको संयुक्त सैन्य अभ्यास चीन र पाकिस्तानलाई लक्षित गरेर हुन लागेको भन्दै आलोचना शुरु भएको छ । विशेषगरी भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउने नियतले यस्तो अभ्यास गर्न लागेको र यसले दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने आंकलन गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












