संसदमा सांसद-मन्त्री सवाल-जवाफ: मन्त्री ज्यु प्रमाणपत्र धितो राखेर कहिले पाइन्छ ऋण ?
काठमाडाैँ १८,भदाै । प्रतिनिधि सभामा आजबाट प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभा नियमावली अनुसार जनतासँग सरोकार राख्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाव दिने छन्।
आजबाट सुरु भएको प्रश्नोत्तर कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सांसदहरूको प्रश्नको जवाफ दिएका छन्। मन्त्री पोखरेललाई सांसदहरूले उच्च शिक्षा हासिल गरेकाहरूको प्रमाणपत्र धितो राखी ऋण दिने विषयमा प्रश्न सोधेका थिए।
जवाफमा मन्त्री पोखरेलले यसै आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यविधि तयार पारेर प्रक्रिया अगाडि बढाउने दाबी गरे। यसै आर्थिक वर्षबाट ऋण दिन सुरु गरिनेसमेत उनले सांसदलाई जानकारी गराए।
शिक्षा मन्त्रालयले कार्यविधि तयार गरेको भन्दै उनले अर्थमन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए।
‘निर्ब्याजी र सहुलियत ऋण प्रदान गर्ने कार्यविधि तयार भइसकेको छ। प्रमाणपत्र धितो राखेर रोजगारीसँग यसलाई अन्तरसम्बन्ध गराउने छ,’ उनले भने,‘ अर्थमन्त्रालयसँग पनि समन्वय गर्नु पर्नेछ। यो पहिलो चौमासिकमा यसलाई अन्तिम रूप दिन चाहान्छौं। बैंकहरुलाई समन्वय गर्न यसलाई अर्थमन्त्रालयले नेतृत्व गर्नु पर्नेछ। यो आर्थिक वर्षमा कार्यन्वयनमा गएको विश्वास दिलाउन चाहान्छौं।’
मन्त्री पोखरेलको जवाफप्रति सांसदहरूले सरकारले कैयौँ निर्णय गर्ने तर कार्यान्वयन नहुने भन्दै यस कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












