भरतपुरलाई देशकै नमुना सफा र हरियाली महानगर बनाउँछौं:मेयर रेणु दाहाल
चितवन १८,भदाै । प्रमुख रेणुु दाहालले भरतपुरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताएकी छन् ।
भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको सडक सरसफाइ अभियानको क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताइन । उनले भनिन, ‘महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।’
उनका अनुसार महानगरलाई सफा र हरियाली बनाउनको लागि विभिन्न सरसफाइमा जुटेका सामाजिक संघसंस्थाहरु र अभियान्ताहरुले महानगरलाई साथ र सहयोग भइरहेको छ । मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाँदा सफा र हरियाली अनिवार्य भएको हुँदा यसलाई महानगरले प्रमुख प्राथमिकता दिएको बताइन ।
महानगरले यसअघि भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न वृहत विज्ञहरुको गोष्ठीसमेत चलाएको थियो । गोष्ठीमा नगरलाई हरियाली र सफा बनाउनुपर्ने कुरासमेत उठेको थियो । प्रमुख दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु नै महानगरको ध्येय रहेको बताए ।
उनले भने, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली चाहिने भएकाले महानगरले सफा र हरियालीलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । ‘महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, निकट भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु’ प्रमुख दाहालले भनिन् ।
उनले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताइन । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको छ । भरतपुरलाई वातावरणमैत्री बनाउन वातावरणको क्षेत्रमा काम गर्ने संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो ।
नारायणगढमा सरसफाइ र बिरुवा रोपन
भरतपुर महानगरले सोमबार नारायणगढको सरसफाइ र बृक्षारोपनको कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान चलिरहेको उनको भनाइ थियो । सरसफाइ अभियानअन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी थिए । भरतपुर वडा नं १ का वडाध्यक्ष जयदेव श्रेष्ठले सहरलाई हरियाली बनाउनको लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताए ।
सामाजिक अभियान्ताहरुले विभिन्न २० भन्दा बढी जातको बिरुवा संकलन गरेका थिए । ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले नगरलाई सफा र हरियाली बनाउन ट्राफिक प्रहरीको पनि मुख्य भूमिका हुने भएकाले अभियानमा लागेको बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











