स्थानीय तहको जनसंख्याका आधारमा सरकारद्धारा कर्मचारी दरबन्दीको निर्धारण
काठमाडाैँ २२,भदाै । सरकारले स्थानीय तहको जनसंख्याका आधारमा कर्मचारी दरबन्दी संरचना निर्माण गरेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाको संरचना रहेको स्थानीय तहमा फरक–फरक जनसंख्या दर हुने भएपछि स्थानीय तहको जनसंख्याका आधारमा कर्मचारी संरचना निर्माण गरिएको हो ।
गएको फागुन २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया को नेतृत्वमा कर्मचारीको आवश्यकता सर्वेक्षणका लागि एउटा समिति बनाइएको थियो । संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यही भदौ २७ गतेसम्मका लागि म्याद दिइएको थियो । मन्त्रालयको सर्वेक्षणले स्थानीय तहका लागि ५७ हजार कर्मचारी प्रस्ताव गरेको थियो । सोही आधारमा स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको हो ।
प्रस्तावित कर्मचारी संरचना प्रस्तावबारे मन्त्रालयले स्थानीय तहसँग सुझाव मागेको थियो । ५० हजार हाराहारी स्थानीय तहले जवाफ पठाएको र अधिकांशले संरचना ठीक रहेको तर केहीले सुधार गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
स्थानीय तहका लागि यस्तो छ मन्त्रालयले बनाएको कर्मचारी दरबन्दी
सरकारले गाँउपालिकादेखि जिल्ला समन्वय समितिसम्म कार्यपालिका तहमा ५ हजार २ सय ९७ प्राविधिक कर्मचारी, १४ हजार ८ सय ६५ प्रशासनतर्फ कर्मचारी गरी २० हजार १ सय ६२ कर्मचारी दरबन्दी प्रस्ताव गरेको छ । यता स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा १० हजार ३ सय ९ प्रशासन तर्फ र ७ हजार ३ सय २५ प्राविधिक गरी १७ हजार ६ सय ३४ कर्मचारी दरबन्दी सिर्जना गरेको छ ।
स्थानीय तहका लागि ५७ हजार कर्मचारी आवश्यक पर्ने मध्येमा ३७ हजार ७ सय ९६ मन्त्रालयले दरबन्दी कायम गरेको हो भने अरु थप ३० हजार कर्मचारीहरु स्थानीय तहको विषयगत विभागमा विषयगत मन्त्रालयबाट खटाइने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पशुसेवाका कर्मचारीहरुलाई सम्बन्धित मन्त्रालयबाट स्थानीय तहका विभागमा पठाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।
मन्त्रालयले स्थानीय तहका लागि १० भागमा बर्गिकरण गरेर कर्मचारी संरचना निर्माण गरेको छ । २५ हजारसम्म जनसंख्या भएको ३ सय ३४ गाँउपालिकामा १ हजार ३ सय ३६ प्राविधिक, ४ हजार ३ सय ४२ प्रशासन गरी ५ हजार ६ सय ७८ कर्मचारी प्रस्ताव गरेको छ । ती गाँउपालिकाका २ हजार २ सय ६९ वडामा एक एक जना प्रशासन र प्राविधिक कर्मचारी गरी ४ हजार ५ सय ३८ कर्मचारी प्रस्ताव गरिएको छ । २५ हजार भन्दा कम जनसंख्या हुने गाउपालिकामा १० हजार २ सय १६ कर्मचारी प्रस्ताव गरिएको छ ।
यस्तै २५ हजारभन्दा बढी जनसंख्या भएको १ सय २६ गाँउपालिकामा प्राविधिक र प्रशसन तर्फ गरी ३ हजार १ सय ५० कर्मचारी र तिनका ९ सय ४७ वडामा १ हजार ८ सय ९४ कर्मचारी गरी ५ हजार ४४ कर्मचारी संख्या प्रस्ताव गरिएको छ ।
यता २५ हजारसम्म जनसंख्या भएको ३१ नगरपालिकामा प्राविधिक तथा प्रशासनिक गरी ७ सय ७५ कर्मचारी र तिनका ३ सय ९ वडा कार्यालयमा ६ सय १८ गरी १ हजार ३ सय ९३ कर्मचारी निर्धारण गरिएको छ । २५ देखि ५० हजारसम्म जनसंख्या भएको १ सय ५१ नगरपालिकामा ४ हजार ५ सय ३० कर्मचारी र तिनका १६ सय ४१ वडामा ४ हजार ९ सय २३ गरी ९ हजार ४ सय ५३ कर्मचारी प्रस्ताव गरिएको छ ।
५० हजारदेखि ७५ हजारसम्म जनसंख्या भएको ६८ नगरपालिकामा २ हजार ६ सय ५२ र तिनका ८ सय २९ वडामा २ हजार ४ सय ८७ गरी ५ हजार १ सय ३९ कर्मचारी तोकिएको छ । यस्तै ७५ हजारभन्दा बढी जनसंख्या भएको २६ नगरपालिकामा १ हजार १ सय १८ र तिनका वडामा १ हजार २० गरि २ हजार १ सय ३८ कर्मचारी दरबन्दी निर्धारण गरिएको छ ।
यता ११ वटा उपमहानगरपालिकामा प्राविधिक ३ सय ८, प्रशासनमा ६ सय १६ गरी ९ सय २४ र तिनका २ सय ३४ वडामा ४ सय ६८ प्राविधिक, ४ सय ६८ प्रशासनका गरी १ हजार ८ सय ६० कर्मचारी दरबन्दी कायम गरिएको छ । काठमाडौँ महानगरपालिका बाहेक अरु ५ महानगरपालिका मा ६ सय ५५ कर्मचारी र तिनमा १ सय ४२ वडा तहमा ९ सय ९४ गरी १ हजार ६ सय ४९ कर्मचारी दरबन्दी सिर्जना गरिएको छ । यस्तै काठमाडौं महानगरपालिकामा कार्यपालिका तहमा १ सय ४१ कर्मचारी र ३२ वडामा २ सय २४ गरी ३ सय ६५ कर्मचारी दरबन्दी सिर्जना गरिएको छ ।
यता ७७ जिल्ला समन्व्य समितिमा २ सय ३१ प्राविधिक र ३ सय ८ प्रशासनिक कर्मचारी गरी ५ सय ३९ कर्मचारीको दरबन्दी तोकिएको छ । कृषि, शिक्षा, पशु, स्वास्थ्य लगायतका बिषयगत मन्त्रालयबाट ७ हजार कर्मचारी स्थानीय तहमा जाँदै गरेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका उपसचिव शालिकराम दाहालले जानकारी दिए ।
भदौ २७ पछि माथि उल्लेखित विवरण अनुसार स्थानीय तहमा कर्मचारी दरबन्दी कायम गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












