मन्त्रीमण्डल हेरफेरको विषयमा द्वयअध्यक्ष ओली–प्रचण्डबीचमै देखियो मतभेद !
काठमाडौँ २४,भदाै । सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् ।
भारत भ्रमण जानु अगाडि भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए । तर, त्यसको चार दिनपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य बादलले प्रचण्डको संकेतको खण्डन गरेका हुन् । मिडिया रिपोर्टमा गृहमन्त्री बादलमाथि आलोचना बढेपछि उनको पनि जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको थियो ।
‘सरकारको समीक्षा, पछिल्लो परिस्थितिको समीक्षा सुरु भएको छ । जनताले व्यक्त गरेको फ्रस्टेसन र मिडियामार्फत आएको आलोचनाका विषयमा हामी दुई अध्यक्षका बीचमा छलफल भइरहेको छ । पार्टी एकताका सुरुवाती २–३ महिना खासै छलफल भएको थिएन । तर, पछिल्लो चरणमा हामीले छलफल गर्ने गरेका छौँ,’ प्रचण्डले निवासमा पत्रकारसँगको अन्तक्र्रियामा भनेका थिए, ‘सरकारका कामको समीक्षा, पार्टी एकताका लागि आवश्यक गृहकार्य दुई अध्यक्षले गर्ने, एउटा प्रस्तावै तयार पारेर सचिवालय र स्थायी समितिको बैठकबाट पारित गराई कार्यान्वयन गराउने तयारी छ । अहिले सरकारका काम, मन्त्रीका कामका विषयमा बलियो कदम चाल्नुपर्छ, त्यो यता उताको नभनिकन जो मन्त्री भए पनि कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । अब जनतालाई निराश हुन दिनुहुँदैन ।’
हिजो अर्थात भदौ २३ गते प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
ओलीले आफ्ना मन्त्रीहरुलाई आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे । ‘मेरो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरेका छन् । सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन,’ ओलीले भनेका छन् ।
त्यसै दिन गोरखा पुगेका गृहमन्त्री बादलले तत्कालै मन्त्रीमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताए । २० आैँ वासु स्मृति दिवसमा सहभागी हुन गोरखा पुगेका गृहमन्त्री बादलले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मन्त्रीमण्डल हेरफेरको कुरा सत्यता छैन । बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन । यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।’
पछिल्लो समय दुई अध्यक्षको भनाइमा मतभेद देखिएको छ । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले दिन्छ । भारत सरकारको निमन्त्रणामा प्रचण्डले चार दिने भ्रमण गरेका छन् । आइतबार र सोमबार सचिवालयको बैठक बस्ने बताइएको छ । बैठकमा तल्ला तहका संगठनको एकता प्रक्रियामा छलफल हुने बताइएको छ । भदौ २६ र २७ गते नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ, जहाँ पार्टीको संगठनात्मक कामबाहेक सरकारको समीक्षा पनि प्रमुख एजेन्डाको रुपमा छ । स्थायी कमिटीको बैठकमा सरकारका काम कारबाही र संगठन एकीकरणका एजेण्डामा निकै आलोचना, विवाद हुन सक्ने संकेत केहि नेताको अभिव्यक्तिबाट देखिएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











