मन्त्रीमण्डल हेरफेरको विषयमा द्वयअध्यक्ष ओली–प्रचण्डबीचमै देखियो मतभेद !
काठमाडौँ २४,भदाै । सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् ।
भारत भ्रमण जानु अगाडि भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए । तर, त्यसको चार दिनपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य बादलले प्रचण्डको संकेतको खण्डन गरेका हुन् । मिडिया रिपोर्टमा गृहमन्त्री बादलमाथि आलोचना बढेपछि उनको पनि जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको थियो ।
‘सरकारको समीक्षा, पछिल्लो परिस्थितिको समीक्षा सुरु भएको छ । जनताले व्यक्त गरेको फ्रस्टेसन र मिडियामार्फत आएको आलोचनाका विषयमा हामी दुई अध्यक्षका बीचमा छलफल भइरहेको छ । पार्टी एकताका सुरुवाती २–३ महिना खासै छलफल भएको थिएन । तर, पछिल्लो चरणमा हामीले छलफल गर्ने गरेका छौँ,’ प्रचण्डले निवासमा पत्रकारसँगको अन्तक्र्रियामा भनेका थिए, ‘सरकारका कामको समीक्षा, पार्टी एकताका लागि आवश्यक गृहकार्य दुई अध्यक्षले गर्ने, एउटा प्रस्तावै तयार पारेर सचिवालय र स्थायी समितिको बैठकबाट पारित गराई कार्यान्वयन गराउने तयारी छ । अहिले सरकारका काम, मन्त्रीका कामका विषयमा बलियो कदम चाल्नुपर्छ, त्यो यता उताको नभनिकन जो मन्त्री भए पनि कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । अब जनतालाई निराश हुन दिनुहुँदैन ।’
हिजो अर्थात भदौ २३ गते प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
ओलीले आफ्ना मन्त्रीहरुलाई आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे । ‘मेरो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरेका छन् । सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन,’ ओलीले भनेका छन् ।
त्यसै दिन गोरखा पुगेका गृहमन्त्री बादलले तत्कालै मन्त्रीमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताए । २० आैँ वासु स्मृति दिवसमा सहभागी हुन गोरखा पुगेका गृहमन्त्री बादलले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मन्त्रीमण्डल हेरफेरको कुरा सत्यता छैन । बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन । यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।’
पछिल्लो समय दुई अध्यक्षको भनाइमा मतभेद देखिएको छ । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले दिन्छ । भारत सरकारको निमन्त्रणामा प्रचण्डले चार दिने भ्रमण गरेका छन् । आइतबार र सोमबार सचिवालयको बैठक बस्ने बताइएको छ । बैठकमा तल्ला तहका संगठनको एकता प्रक्रियामा छलफल हुने बताइएको छ । भदौ २६ र २७ गते नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ, जहाँ पार्टीको संगठनात्मक कामबाहेक सरकारको समीक्षा पनि प्रमुख एजेन्डाको रुपमा छ । स्थायी कमिटीको बैठकमा सरकारका काम कारबाही र संगठन एकीकरणका एजेण्डामा निकै आलोचना, विवाद हुन सक्ने संकेत केहि नेताको अभिव्यक्तिबाट देखिएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












