नेविसंघले आन्तरीक विवादलाई सुल्झाउदै थाल्यो, १२ औं महाधिवेशनको तयारी तीव्र
काठमाडौं २४,भदाै । १२ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको छ ।
नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको आईतबार पनि काठमाडौंमा जारी बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिएको हो । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई सम्पन्न गर्न बैंठक केन्द्रित रहेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
संघको आजको बैठकले विधान संशोधन गर्नेछ । त्यसैगरी महाधिवेशन गर्नका लागि कातिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको संघका उपाध्यक्ष पवनकुमार यादवले जानकारी दिए । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौंमा आयोजना हुँदैछ । उपाध्यक्ष यादवले महाधिवेशनका लागि प्रतिनिधि चयनको काम आगामी असोज ७ गतेबाट सुरु गर्ने प्रस्ताव पनि बैठकमा गरिएको बताए ।
संघका अध्यक्ष महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ । अध्यक्ष महरले प्रतिनिधि चयनको काम स्वच्छ ढंगले सम्पन्न गर्न मातहतका सबै समितिहरुलाई सचेत गराएका छन् । महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिने संघले जनाएको छ ।
नेपाल विद्यार्थी संघभित्र पनि महर संस्थापन पक्षका रहेका छन् भने महासचिव कुन्दनराज काफ्ले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । दुवै पक्षबीच आगामी महाधिवेशनको नेतृत्वलाई लिएर वाद, विवाद र प्रतिवाद पनि हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












