पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाउदै छ : नेता भण्डारी
गुल्मि २६,भदाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।
मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रतिबृति देखाएको बताएका हुन् ।
सरकारप्रति खनिएका नेता भण्डारीले पत्रकारमार्फत सरकारका मन्त्रीहरुलाई भने, ‘तपाईंहरुले भन्दिनुस् लेख्निुस् चन्द्र भण्डारीले गुल्मीको कार्यक्रममा चुनौति दियो हामीहरुको पालामा ल्याएको वजेट पाँच वर्षसम्म ल्याउनु हुन्छ भने रिडीमा म फूलमाला लगाउन उभिन्छु भनेर चुनौति दिए भन्नुस् ।’
नेता भण्डारीले कांग्रेसको सरकारको पालाको जति वजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिने भन्दै व्यङग्य समेत गरे ।
गुल्मी सदरमुकाम तम्घासमा सुरु भएको युनियनको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
Comments
अरु समाचार
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...












