विराटनगर जुट मिल्सले सुरु गर्यो व्यवसायिक उत्पादन
काठमाडाैँ २७,भदाै । नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिल्सबाट दैनिक ६ टन उत्पादन सुरु भएको छ ।
पटक-पटक विभिन्न समस्यामा रुमलिदै आएको मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
वनले मिल्समा जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल्स पुनः सञ्चालन गरिएको बताए । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोली उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ ।
पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ । ‘भारतबाट आएका प्राविधिकसहितको परामर्शदाताले समेत उत्पादन व्यवस्थापनमा सहयोग गरेकोले थप सहज भएको छ’, अध्यक्ष वन भन्छन्, ‘हाललाई उत्पादनको परिमाण हेरेर कामदार मगाइएको र बढ्दै जाँदा संख्या थप गरिने छ ।’
अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन् । मिल्सले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ ।
११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ ।
मिल्सले मासिक ५ लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकोमा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ । मिल्सलाई २४ घण्टा नै पर्याप्त विद्युत उपलब्ध हुने गरी ३३ केभिए प्रशारण लाइन जोडिदिन सरकारसँग समेत माग गर्दै आएका छ । अध्यक्ष वनले भने, ‘दीगो व्यवस्थापन गर्दै अब मागअनुसार उत्पादन गर्ने योजनासाथ अघि बढेका छौं ।’
नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।
विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रुपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएको उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष बसन्त वन बताउँछन् ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











