पैदलयात्रुमाथि कार जोतिँदा ९ को मृत्यु, ४३ घाइते
एजेन्सि । दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार घाइतेमध्ये केहीलाई चक्कुमार्फत हमला गरिएको थियो ।
आपराधिक पृष्ठभूमि रहेका ड्राइभरलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । यद्यपी, उक्त घटना आतंक फैलाउन गरे नगरेको बारे अझै जानकारी नभएको बताइएको छ ।
स्थानीय सरकारको बयानमा उक्त घटना नियोजित र मानिसहरुलाई घाइते बनाउने उद्देश्यसहित गरिएको बताइएको छ ।
‘घाइतेलाई अस्पताल पुर्याइएको र अनुसन्धान थालिएको छ,’ उक्त बयानले भनेको छ ।
चीनियाँ मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा घटनापछि मानिसहरु तितरबितर भइरहेको देख्न सकिन्छ ।
Breaking: At least 3 dead and more than 40 injured after an SUV rammed into a crowd of people in Hengyang, China. A man is in custody and the motive is under investigation. (Via @ZhangZhulin) https://t.co/XLEkBhN9kr
— PM Breaking News (@PMBreakingNews) September 12, 2018
तीमध्ये केही घुँडा टेकेर सहयोग मागिरहेका देखिएका छन् भने कतिले घाइतेलाई बोकिरहेको पनि देख्न सकिन्छ ।
पुलिसले एसयुभी ड्राइभरको पहिचान ५४ वर्षे याङ जानयुनको रुपमा गरेको छ ।
स्थानीय मिडियाका अनुसार याङले हतियार र लागुऔषधको मामलामा जेल सजायँ भोगिसकेका छन्
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












