८० न्यायाधीश नियुक्तिको लफडाबारे सुशीला कार्कीको सनसनिपुर्ण खुलासा
काठमाडाैँ ३१,भदाै । नेपाल साप्ताहिकले उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको क्रममा २०७३ सालमा भएको लफडालाई समेटेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’को अंशलाई नेपाल साप्ताहिकले स्थान दिएको हो । कार्कीले लेखेअनुसार राजनीतिक दलका नेताहरु आफू निकटका व्यक्तिलाई न्यायाधीश नियुक्ति गरिदिनुपर्यो भन्दै सूची बोकेर भेट्न आउँथे । तर उनले भनेकी छन्, हरेक पटक नेताहरुले मलाई सूची बुझाउनुहुन्थ्यो । तर, मैले कसैको सूची बोक्ने काम गरिनँ ।’
नियुक्तको क्रममा न्यायपरिषद सदस्यबीच नै विवाद भएको खुलासा पनि उनले गरेकी छन् । पुस्तक अंशमा लेखिएअनुसार रामप्रसाद सिटौलाले असहयोग मात्रै गरेनन् बोल्नै नहुने बचन पनि लगाए । सिटौलासँग न्यायाधीश नियुक्तिको चार प्रकारका सूची थिए । उनीसँग बारका अध्यक्ष शेरबहादुर केसीको, कोइराला कांग्रेसको, शेरबहादुर देउवाको र व्यक्तिगत सूची थियो । त्यसैले उनले आफूलाई २० जना कोटा दिनुपर्ने भन्दथे । उनी भन्थे, यति गरिनँ भने त बारका साथीहरुले मेरो पद नै खोस्छन् । त्यसैले सुशीला कार्कीले पुस्तक अंशमा लेखेकी छन्, ‘त्यो कुरा सुन्दा मलाई उहाँ क्रयविक्रयमा परेको महसुसस भयो ।’
पहिलो महिला प्रधानन्यायाधीश कार्कीका अनुसार २०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली रहने गरेको देखिन्छ । न्याय परिषदको बनोट पनि त्यस्तै छ । त्यहाँ सरकारका मन्त्री सदस्य छन्, प्रधानमन्त्रीले रोजेका कानुन व्यवसायी छन्, बारका प्रतिनिधि छन् । र, त्यहाँ न्यायपालिकाभन्दा बाहिरकाको बाहुल्य छ । त्यसैले कार्की भन्छिन्, ‘न्यायाधीशबाहेकका तीन जना संयोगले एकै दलका परेमा एकै दलका न्यायाधीश नियुक्त नहोलान् भन्न सकिन्न ।’
उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिको क्रममा २०७३ सालमा भएको लफडालाई समेटेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’को अंशलाई नेपाल साप्ताहिकले स्थान दिएको हो । कार्कीले लेखेअनुसार राजनीतिक दलका नेताहरु आफू निकटका व्यक्तिलाई न्यायाधीश नियुक्ति गरिदिनुपर्यो भन्दै सूची बोकेर भेट्न आउँथे । तर उनले भनेकी छन्, हरेक पटक नेताहरुले मलाई सूची बुझाउनुहुन्थ्यो । तर, मैले कसैको सूची बोक्ने काम गरिनँ ।’
नियुक्तको क्रममा न्यायपरिषद सदस्यबीच नै विवाद भएको खुलासा पनि उनले गरेकी छन् । पुस्तक अंशमा लेखिएअनुसार रामप्रसाद सिटौलाले असहयोग मात्रै गरेनन् बोल्नै नहुने बचन पनि लगाए । सिटौलासँग न्यायाधीश नियुक्तिको चार प्रकारका सूची थिए । उनीसँग बारका अध्यक्ष शेरबहादुर केसीको, कोइराला कांग्रेसको, शेरबहादुर देउवाको र व्यक्तिगत सूची थियो । त्यसैले उनले आफूलाई २० जना कोटा दिनुपर्ने भन्दथे । उनी भन्थे, यति गरिनँ भने त बारका साथीहरुले मेरो पद नै खोस्छन् । त्यसैले सुशीला कार्कीले पुस्तक अंशमा लेखेकी छन्, ‘त्यो कुरा सुन्दा मलाई उहाँ क्रयविक्रयमा परेको महसुसस भयो ।’
पहिलो महिला प्रधानन्यायाधीश कार्कीका अनुसार २०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली रहने गरेको देखिन्छ । न्याय परिषदको बनोट पनि त्यस्तै छ । त्यहाँ सरकारका मन्त्री सदस्य छन्, प्रधानमन्त्रीले रोजेका कानुन व्यवसायी छन्, बारका प्रतिनिधि छन् । र, त्यहाँ न्यायपालिकाभन्दा बाहिरकाको बाहुल्य छ । त्यसैले कार्की भन्छिन्, ‘न्यायाधीशबाहेकका तीन जना संयोगले एकै दलका परेमा एकै दलका न्यायाधीश नियुक्त नहोलान् भन्न सकिन्न ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












