आईजिपी खनालको आक्रोस : ‘प्रहरीको क्रियाकलाप असह्य भयो, सुध्रनुस नभए छाड्न तयार हुनुस्’
काठमाडौं १,असोज। अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् ।
दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उपत्यकामा कार्यरत परिसर देखी बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताएका छन् ।
आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दैै उनले भने, ‘बेला–बेला संझाउँदा पनी परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ ।’
करिब १ घण्टा लामो ब्रिफिङ गरेका आईजिपी खनालले संझाउँदा नमान्ने प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागी तयार रहन चेतावनी दिए ।
‘पुलिसको क्रियाकलाप असह्य भएको छ, सुधार्नुस्’ खनालको भनाई उदृत गर्दैै एक सिनीयर अफिसरले भने, ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ ।’
पछिल्लो समय बिग्रीएको प्रहरीको इमेज राम्रा काम गरेर सुधार्नुपर्ने उल्लेख गर्दै खनालले नालायक अफिसरहरुका कारण संगठन बद्नाम भएको बताएका छन् ।
‘बोली, बचन र आचरण सुधार्नुस’ विशेषगरी उपत्यकाका कमाण्डरहरुलाई निर्देशन दिँदै उनले भने, ‘मातहतलाई ग्रिपमा राखेर सेल्फ–करेक्सन हुनुस्, अर्को विकल्प छैन् ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












