सिंहदरबारमै बसेर कालो दिवसः उपेन्द्र यादव पार्टि भित्रैबाट चाैतर्फी घेराबन्दिमा
काठमाडौं २,असोज । संघीय समाजवादी फोरमकी उपाध्यक्ष एवं प्रदेश २ की अध्यक्ष रेणु यादवले संविधान दिवसको दिन कालो दिवस मनाउने घोषणा गरिन् ।
त्यसको २४ घन्टा नबित्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सर्कुलर जारी गर्दै भने ‘निर्णय छैन, कालो दिवस मनाउने कार्यक्रममा सहभागी नहुनू ।’
यादव र अधिकारीको बेग्लाबेग्लै घोषणाले सरकारमा सहभागी फोरमभित्रको अन्तरविरोधलाई छरपस्ट पारेको छ ।
असोज ३ गते संविधान दिवस परेको छ । संविधान संशोधनको माग गर्दागर्दै ओली सरकारमा सहभागी भएका फोरमका अध्यक्ष उपेन्द्र यादव संविधानविरुद्ध कालो दिवस मनाउन नसक्ने गरी नैतिक बन्धनमा परेका छन् ।
तर, प्रदेश २ मा पार्टीभित्रको ठूलो जनमत असोज ३ लाई ‘कालो दिवस’ का रुपमा मनाउने पक्षमा छन् । राष्ट्रिय जनता पार्टीले कालो दिवस मनाउने भन्दै शीर्ष नेताहरुलाई नै खटाएपछि फोरमका नेता कार्यकर्ता दबावमा परेका छन् । त्यसैले रेणु यादवले प्रदेश समितिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेकी हुन् ।
कालो दिवस नमनाउने केन्द्रीय कार्यालयबाट जारी सर्कुलरलाई सरकार र संसदमा नरहेका फोरमका बहुसंख्यक नेता कार्यकर्ताले सत्तामोहका रुपमा व्याख्या गरेका छन् ।
‘सरकारमै बसेर कालो दिवस मनाउने कार्यक्रममा उहाँ सहभागी हुन नमिल्ला तर, कार्यकर्तालाई मनाउन दिएको भए हुन्थ्यो’ एक नेता भन्छन्, ‘कालो दिवस नै नमनाउनु भन्नु ठीक होइन । यसले उहाँलाई गच्छदार पथमा नपुर्याओस् ।’
कतिपयले यसलाई पार्टी अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच बढ्दो दूरीका रुपमा अर्थ्याएका छन् । आफूलाई मन्त्री नबनाएका कारण नेतृ रेणु पार्टी अध्यक्ष उपेन्द्रसँग असन्तुष्ट रहेको चर्चासमेत फोरमभित्र चल्दै आएको छ ।
तर, अहिलेको विवादको मूल कारण यो होइन । पार्टी केन्द्र सरकारमा जानासाथ संविधानप्रति पार्टीको विरोधलाई कसरी जनाउने भन्ने विवाद देखिन्छ ।
संविधान दिवस (३ असोज) को पूर्वसध्यामा फोरमको त्यो विवाद सतहमा आउनु स्वाभाविक छ । किनभने, फोरम सरकारमा पनि छ र संविधान संशोधनको एजेण्डा पनि छाडेको छैन ।
पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादव भने सरकारमा पनि बस्ने र कालो दिवस पनि मनाउने गर्नु उपयुक्त नहुने भएकाले मौन बस्ने निर्णय गर्नु परेको बताउँछन् ।
मधेसका तीन प्रवृत्ति
मधेस मामिलाका जानकारहरुका अनुसार मधेसको राजनीतिमा तीनखाले प्रवृत्ति छन् ।
पहिलो – गजेन्द्रनारायण सिंहले अंगालेको बाटो । कांग्रेसबाट विद्रोह गरेका गजेन्द्रनारायणलेले मधेसी पार्टीका रुपमा सद्भावना स्थापना गरे । ०४६ देखि ०६३ को मधेस विद्रोह हुनुअघि यसले मधेस आन्दोलनलाई जसोतसो टिकाइराख्यो ।
यद्यपि मुद्दालाई भेगमा मात्र उठाउनु र धेरै सत्ता राजनीतिमा रमाउनुले आन्दोलन सफल हुन सकेको थिएन । सद्भावनाकै वद्री मण्डल मधेसका नाममा सत्तामोहको चरम रुप देखाए ।
दोस्रो : उपेन्द्र यादवको विद्रोह । पहिले एमाले र पछि तत्कालीन माओवादी छाडेर मधेसी जनअधिकार फोरम बनाएका उपेन्द्र यादव ०६३ को विद्रोहपछि मधेसका नेताका रुपमा उदाए ।
माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएपछि उनको प्रतिरोधको राजनीतिले गति लियो । मधेस विद्रोह भयो । भोटरका रुपमा रहेका मधेसीलाई लिडर बनाउने श्रेय उनलाई नै जान्छ । त्यसपछि पनि उनले थुप्रै आरोह अवरोधका बीच प्रतिरोधकै राजनीति गरे ।
र, तेस्रो : विजय गच्छदार प्रवृत्ति । कांग्रेस छाडेर मधेसी दलमा आएका उनी जातीय रुपमा थारु भए पनि मधेसलाई देखाएर सत्ताको भर्याङमा उक्लिइरहे ।
उपेन्द्र यादवको उदय सत्ताकेन्दि्रत नभएर प्रतिरोधको राजनीतिबाटै भएको हो । विभिन्न चरणमा पार्टीमा देखिएको टुटफुटका बाबजुद प्रतिरोधकै राजनीति जारी राखेका थिए ।
पहिलो संविधानसभामा प्रचण्ड नेतृत्वको सरकारमा गएका फोरम त्यसपछि प्रतिपक्षमै बस्यो । पार्टी टुटफुटका कारण दोस्रो संविधानसभामा १२ सिटमा खुम्चिएका फोरमले अशोक राईसँग पार्टी एकता गर्यो । संविधानविरुद्ध आन्दोलन थाल्यो तर, आन्दोलन सफल नभएपछि चुनाव उपयोगको नीति अख्तियार गर्यो ।
निर्वाचनमा नगए कार्यकर्ता नै नरहने उपेन्द्र यादवलाई डर थियो । त्यसैले उनी संविधान संशोधनको एजेण्डा लिएर चुनावमा गए । प्रदेश २ का स्थानीय तहमा ठीकै मत पाएको फोरमले राजपासँग गठबन्धन गर्दा प्रदेश र संघीय संसदको चुनावमा राम्रै सफलता पायो । प्रदेश २ मा सरकार बन्ने भयो ।
त्यसैले फोरमसामू विकास र संविधान संशोधनको एजेण्डालाई एकसाथ लैजानुपर्ने बाध्यता थियो । तर, यसका लागि स्थानीय र प्रदेशमा सरकार चलाएर सर्भिस डेलिभरीको राजनीति र केन्द्रमा अधिकार -प्रतिरोध)को राजनीति गरेको भए फोरमलाई सहज हुन्थ्यो भन्ने टिप्पणी मधेस आन्दोलनका पक्षधरहरुको छ ।
तर, पछिल्लो समय उपेन्द्र यादवले सडकलाई भन्दा सरकारलाई प्राथमिकता दिएको देखिन्छ । र, यसैलाई लिएर फोरमभित्र असन्तुष्टि सुरु भएको हो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











