झापाको बिर्तामोड बजारस्थित एक गोदामबाट २५ लाख मूल्य बराबरको अवैध कपडाहरु बरामद
दुर्इ वर्षदेखि अवैध रुपमा कपडा तस्करी गर्ने पक्राउ
विराटनगर ४,असोज।सशस्त्र प्रहरीले झापाको बिर्तामोड बजारस्थित एक गोदामबाट २५ लाख मूल्यका कपडा बरामद गरेपछि कपडाको अवैध पैठारी गरिरहेको समूह सतहमा आएको छ ।
सशस्त्र प्रहरीले पूर्व माओवादीसित नजिक रहेका लक्ष्मण कट्टेलको नेतृत्वमा तीन जनाको समूहले विगत दुई वर्षदेखि कपडाको अवैध पैठारी भइरहेको दाबी गरेको छ ।सशस्त्रका अनुसार कट्टेलको समूहमा चन्दन कामती र राजा सरकार पनि सक्रिय छन् । तीन जनाको समूहले विहारको ठाकुरगञ्ज बजारमा कपडा खरिद गरेर झापाको केचना क्षेत्रबाट भन्सार छली ल्याउने गरेको सशस्त्रले जनाएको छ ।
कट्टेलको समूहले उक्त अवैध कपडामध्ये धेरैजसो मोरङको उर्लाबारीस्थित सीताराम स्टोरलाई दिने तथा इटहरी र धरानसम्म पुर्याउने गरेको सशस्त्रको भनाइ छ । सशस्त्रले झापाको बिर्तामोड नगरपालिका ५ स्थित त्रिवेणी चौकमा रहेको राजीव जैनले भाडा लगाएको गोदाम घरमा छापा मारेको थियो ।सशस्त्र प्रहरी राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायब उपरीक्षक रामकुमार सिंहले गरेको छापाको नेतृत्वमा झापा गण नम्बर २ शनिश्चरे र काँडकडभिट्टाको संयुक्त टोली पनि संलग्न थियो ।
सशस्त्रले २५ लाख मूल्यका २८ पोका कपडा बरामद गरिएको र उक्त कपडाको प्रज्ञापन पत्र नरहेको जनाएको छ । पोकामा सर्टिङ, सुटिङ र सुती सारीहरू छन् ।सशस्त्रले गोदाममा छापा मारेपछि घरधनी जैनसित बयान लिएको थियो । जैनले उक्त गोदाम चन्दनले २ वर्षदेखि भाडामा लिएर कपडाको काम गरिरहेको तथ्य खुलासा गरेका थिए । कट्टेल, कामती र सरकार तीन जना नै भद्रपुरका बासिन्दा हुन् । उनीहरूले सीमापारि पनि गोदाम भाडामा लिएर झापाका विभिन्न नाका प्रयोग गरी कपडा ओसार्ने गरेको सशस्त्रले जनाएको छ ।
कट्टेलको समूहले झापाका अन्य स्थानमा पनि गोदाम भाडामा लिएर कारोबार गरिरहेको र त्यसको खोजी भइरहेको सशस्त्रको दाबी छ ।सशस्त्रले उक्त कपडा बिहिबार इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।कार्यालयका अधिकृत रमेश रेग्मीका अनुसार सशस्त्रले दिएको जाहेरीका आधारमा कपडाको अवैध पैठारी र कारोबार गर्नेविरूद्ध अदालतमा मुद्दा चलाइने छ । यसका लागि राजस्व अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोकेर पठाएपछि मुद्दाको प्रक्रिया सुरु हुनेछ ।
‘हामीलाई अनुसन्धानको समय ९ महिनाको हुन्छ’, अधिकृत रेग्मीले भने, ‘तर यो केसमा एक महिनामै हामी अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्तामा जाने छौँ ।’भारतबाट नेपाल ल्याइने कपडामा दुबै तर्फका भन्सारले जिएसटी बिल र एक्जिम कोड अनिवार्य गरेको छ । नेपाल तर्फको भन्सारमा भारतीय भन्सारले जारी गरेको बिल अफ एक्स्पोर्ट अनिवार्य हुनुपर्ने नियम छ। जिएसटी बिल नभई नेपाल भन्सारले भारतीय सामानको जाँचपास गर्दैन । यसबाहेक चालु आर्थिक वर्षको बजेटमा कपडामा भन्सार मूल्याङ्कन पनि बढाइएको छ । यीनै कारणले कारोबारीहरू अवैध पैठारीमा पल्किएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











