झापाको बिर्तामोड बजारस्थित एक गोदामबाट २५ लाख मूल्य बराबरको अवैध कपडाहरु बरामद
दुर्इ वर्षदेखि अवैध रुपमा कपडा तस्करी गर्ने पक्राउ
विराटनगर ४,असोज।सशस्त्र प्रहरीले झापाको बिर्तामोड बजारस्थित एक गोदामबाट २५ लाख मूल्यका कपडा बरामद गरेपछि कपडाको अवैध पैठारी गरिरहेको समूह सतहमा आएको छ ।
सशस्त्र प्रहरीले पूर्व माओवादीसित नजिक रहेका लक्ष्मण कट्टेलको नेतृत्वमा तीन जनाको समूहले विगत दुई वर्षदेखि कपडाको अवैध पैठारी भइरहेको दाबी गरेको छ ।सशस्त्रका अनुसार कट्टेलको समूहमा चन्दन कामती र राजा सरकार पनि सक्रिय छन् । तीन जनाको समूहले विहारको ठाकुरगञ्ज बजारमा कपडा खरिद गरेर झापाको केचना क्षेत्रबाट भन्सार छली ल्याउने गरेको सशस्त्रले जनाएको छ ।
कट्टेलको समूहले उक्त अवैध कपडामध्ये धेरैजसो मोरङको उर्लाबारीस्थित सीताराम स्टोरलाई दिने तथा इटहरी र धरानसम्म पुर्याउने गरेको सशस्त्रको भनाइ छ । सशस्त्रले झापाको बिर्तामोड नगरपालिका ५ स्थित त्रिवेणी चौकमा रहेको राजीव जैनले भाडा लगाएको गोदाम घरमा छापा मारेको थियो ।सशस्त्र प्रहरी राजस्व अनुसन्धान गुल्म इटहरीका प्रहरी नायब उपरीक्षक रामकुमार सिंहले गरेको छापाको नेतृत्वमा झापा गण नम्बर २ शनिश्चरे र काँडकडभिट्टाको संयुक्त टोली पनि संलग्न थियो ।
सशस्त्रले २५ लाख मूल्यका २८ पोका कपडा बरामद गरिएको र उक्त कपडाको प्रज्ञापन पत्र नरहेको जनाएको छ । पोकामा सर्टिङ, सुटिङ र सुती सारीहरू छन् ।सशस्त्रले गोदाममा छापा मारेपछि घरधनी जैनसित बयान लिएको थियो । जैनले उक्त गोदाम चन्दनले २ वर्षदेखि भाडामा लिएर कपडाको काम गरिरहेको तथ्य खुलासा गरेका थिए । कट्टेल, कामती र सरकार तीन जना नै भद्रपुरका बासिन्दा हुन् । उनीहरूले सीमापारि पनि गोदाम भाडामा लिएर झापाका विभिन्न नाका प्रयोग गरी कपडा ओसार्ने गरेको सशस्त्रले जनाएको छ ।
कट्टेलको समूहले झापाका अन्य स्थानमा पनि गोदाम भाडामा लिएर कारोबार गरिरहेको र त्यसको खोजी भइरहेको सशस्त्रको दाबी छ ।सशस्त्रले उक्त कपडा बिहिबार इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।कार्यालयका अधिकृत रमेश रेग्मीका अनुसार सशस्त्रले दिएको जाहेरीका आधारमा कपडाको अवैध पैठारी र कारोबार गर्नेविरूद्ध अदालतमा मुद्दा चलाइने छ । यसका लागि राजस्व अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोकेर पठाएपछि मुद्दाको प्रक्रिया सुरु हुनेछ ।
‘हामीलाई अनुसन्धानको समय ९ महिनाको हुन्छ’, अधिकृत रेग्मीले भने, ‘तर यो केसमा एक महिनामै हामी अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्तामा जाने छौँ ।’भारतबाट नेपाल ल्याइने कपडामा दुबै तर्फका भन्सारले जिएसटी बिल र एक्जिम कोड अनिवार्य गरेको छ । नेपाल तर्फको भन्सारमा भारतीय भन्सारले जारी गरेको बिल अफ एक्स्पोर्ट अनिवार्य हुनुपर्ने नियम छ। जिएसटी बिल नभई नेपाल भन्सारले भारतीय सामानको जाँचपास गर्दैन । यसबाहेक चालु आर्थिक वर्षको बजेटमा कपडामा भन्सार मूल्याङ्कन पनि बढाइएको छ । यीनै कारणले कारोबारीहरू अवैध पैठारीमा पल्किएका छन् ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











