कर्जाको ब्याजदर ११ प्रतिशतले घट्यो , दशैंपछि अझै घट्ने
काठमानडाैँ ७, असोज । बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरे ।
‘साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन्’ उनले भने, ‘यतिबेला क्रमशः ब्याजदर घटिरहेको छ ।’ हाल कर्जाको ब्याजदर ११ देखि १२ प्रतिशतमा रहेको उनले बताए ।
मौदि्रक नीतिका केही नयाँ व्यवस्थाका कारण व्याजदर घट्ने दावी गरिए पनि बैंकहरुले ब्याजदर नघटाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउदै आएको थियो ।
दशैंपछि व्यवसायीलाई सहज हुने
दशैंपछि भने कर्जा लिने व्यवसायीहरुलाई सहज हुने ढुंगानको भनाइ छ ।
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष ढुंगाना भन्छन्, ‘ब्याजदर बेस रेटको आधारमा तय हुने हुँदा अब असोज महिनासम्मको बेस रेट आए पछि ब्याजदर कायम हुन्छ ।’
उनले दशैं पछि भने अझै ब्याजदर घट्नेसमेत बताए । पहिलो त्रैमास (साउन, भदौ र असोज) को रिपोर्टमा नयाँ बेस रेट आउने र त्यो बेस रेटपछि बैंकहरुको ब्याजदर घट्ने उनले बताए ।
मौदि्रक नीतिले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर (स्प्रेड दर) ४.५ मा तोकिएको छ । यसअघि ५ प्रतिशत रहेको स्प्रेड दर ४.५ मा झरेका कारण कर्जाको ब्याजदरसमेत घट्नेछ । स्प्रेड दर घटाएको प्रभाव ब्याजदरमा देखिन शुरु गरिसकेको बैंकरहरु बताउँछन् ।
यसअघि बैंकको व्याजदर १६ प्रतिशत भन्दा बढी पुगेको थियो । लगानी योग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले आकर्षक ब्याज दिएर निक्षेप लिएका थिए ।
बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याज दिए पछि कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी पुगेकेा थियो ।
यतिबेला भने बैंकहरुमा लगानी योग्य पुँजीको अभाव नरहेको बैंकहरु बताउँछन् ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












