कर्जाको ब्याजदर ११ प्रतिशतले घट्यो , दशैंपछि अझै घट्ने
काठमानडाैँ ७, असोज । बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरे ।
‘साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन्’ उनले भने, ‘यतिबेला क्रमशः ब्याजदर घटिरहेको छ ।’ हाल कर्जाको ब्याजदर ११ देखि १२ प्रतिशतमा रहेको उनले बताए ।
मौदि्रक नीतिका केही नयाँ व्यवस्थाका कारण व्याजदर घट्ने दावी गरिए पनि बैंकहरुले ब्याजदर नघटाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउदै आएको थियो ।
दशैंपछि व्यवसायीलाई सहज हुने
दशैंपछि भने कर्जा लिने व्यवसायीहरुलाई सहज हुने ढुंगानको भनाइ छ ।
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष ढुंगाना भन्छन्, ‘ब्याजदर बेस रेटको आधारमा तय हुने हुँदा अब असोज महिनासम्मको बेस रेट आए पछि ब्याजदर कायम हुन्छ ।’
उनले दशैं पछि भने अझै ब्याजदर घट्नेसमेत बताए । पहिलो त्रैमास (साउन, भदौ र असोज) को रिपोर्टमा नयाँ बेस रेट आउने र त्यो बेस रेटपछि बैंकहरुको ब्याजदर घट्ने उनले बताए ।
मौदि्रक नीतिले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर (स्प्रेड दर) ४.५ मा तोकिएको छ । यसअघि ५ प्रतिशत रहेको स्प्रेड दर ४.५ मा झरेका कारण कर्जाको ब्याजदरसमेत घट्नेछ । स्प्रेड दर घटाएको प्रभाव ब्याजदरमा देखिन शुरु गरिसकेको बैंकरहरु बताउँछन् ।
यसअघि बैंकको व्याजदर १६ प्रतिशत भन्दा बढी पुगेको थियो । लगानी योग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले आकर्षक ब्याज दिएर निक्षेप लिएका थिए ।
बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याज दिए पछि कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी पुगेकेा थियो ।
यतिबेला भने बैंकहरुमा लगानी योग्य पुँजीको अभाव नरहेको बैंकहरु बताउँछन् ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











