देशमा बिकास र समृद्दिको ढोका भरतपुरबाट खुल्दैछ -अध्यक्ष प्रचण्ड
चितवन ७,असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासमा फड्को मार्दै गएको दावी गरेका छन् ।
देआइतबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘विकासको नमुना मोडेल भरतपुरले देखाएको छ । यहाँ देशकै नमुनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ । ’
चितवन जिल्ला विकासका काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको प्रचण्डकोे भनाइ थियो । उनले भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा अन्तिम चरणमा पुगेको भन्दै यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग आफुले कुरा गसिकेको जानकारी दिए ।
त्यस्तै प्रचण्डले जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको बताए । भैँसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउने विषयमा छलफल भएको भन्दै प्रचण्डले त्यसका लागि तटबन्धसहित रिंगरोड भइदिए उपयुक्त हुने धारणा राखे ।
भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको प्रचण्डको भनाइ थियो ।
‘म भर्खरै भारत र चीन गएर आएँ, छिमेकी देशहरुले भरतपुर चितवनलाई ध्यानपूर्वक हेरिरहेका मैले पाएँ’ उनले भने, ‘भरतपुर र चितवनको विकास कसरी हुन्छ, विकासका मोडेलहरु कसरी अघि बढाइन्छ भनेर छिमेकी देशहरुले ध्यानपूर्वक हेरिरहेका छन् ।’
प्रचण्डका अनुसार राष्ट्रियस्तरमा नेतृत्व गर्ने नेताहरु पनि चितवनमै भएकाले विदेशीहरुले चितवनलाई ध्यान दिएको आफुले पाएको भन्दै आफुहरुले नयाँ पुस्तालाई केही दिनुपर्ने बताए ।
‘मैले भरतपुर महानगरको रिंगरोडलाई मोटो रकम हाल्न अर्थमन्त्रीसँग कुरा गरेको छु । उहाँले भरतपुरको रिंङरोड र लिंकरोडलाई सक्नेजतिको रकम हाल्छु भन्नुभएको छ’ अध्यक्ष प्रचण्डले खुलासा गरे, ‘चितवन धार्मिक पर्यटकको प्रचुर सम्भावना भएको जिल्ला हो, यसको लागि पनि स्थानीय सरकारले योजना बनाइरहेको जानकारी पाएको छु ।’
उनले भरतपुरलाई वैज्ञानिक तवरले व्यवस्थित सहर बनाउनुपर्ने पनि बताए ।
‘भरतपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नुछ, भरतपुरले विकासको नमुना मोडेलको सन्देश देशभरि दिनुछ’ प्रचण्डको जोड छ ।
प्रचण्डले नेपालमा बिजुली उत्पादनको धेरै सम्भावना भएको भन्दै प्रसारणको समस्याले गर्दा विदेशी कम्पनीहरु बिजुली उत्पादनका लागि नआएको बताए ।
उनले तरकारी बजार बढ्दै गएपछि चितवनको फोहोर व्यवस्थापन राम्रोसँग गर्नुपर्ने चुनौती रहेको पनि बताए ।
उनले वर्तमान सरकार देशको विकासमा लागिरहेको भन्दै कृषिको विकासको लागि जोन व्लकहरु बनाउने काम भइरहेको बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











