नेपाल-चीन उर्जा संयन्त्र बैठक काठमाडाैँमा सुरु
काठमाडाैँ १२,असोज । नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक शुक्रबार काठमाडौंमा सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएको समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रित भएर बैठक सुरु गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए । बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहानिर्देशक हि याङले नेतृत्व गरेका छन् । बैठकमा दुवै देशको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान आवश्यक लगानी, क्रम बोर्डर ट्रान्समिसन लाईन निर्माण, दुवै देशको उर्जाको सम्भाव्यता र मागका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको छ ।
गत ५ देखि १० असारसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमणको क्रममा भएको उर्जा सम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान प्रथम चरणको उर्जा संयन्त्रको बैठक सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकले सो सम्बन्धमा ठोस योजना तय गर्ने पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विश्वास व्यक्त गरेको छ । सरकारले सो बैठकबाट नेपालको उर्जा क्षेत्रमा चिनियाँ लगानी बढाउन सहज हुने अपेक्षा पनि गरेको छ
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











