प्रदेश राजधानीप्रति असहमति जनाउँदै धनगढीमा अनिश्चितकालिन आमहड्ताल
काठमाडाैँ १३,असोज । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।
बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन् । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।
मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् ।
उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।
बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय बहुमतका आधारमा गरिएको थियो ।
आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’
प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।
Comments
अरु समाचार
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...











