काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनायो
काठमाडौं१४ असोज। काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ ।
आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ ।
‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’, लामाले भने, ‘पैदल गस्ती टोलीमा ५० जना जनशक्ति परिचलान गरिएको छ ।’
पन्तका अनुसार साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचान गरिएको छ । ‘साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएका छन्’, उनले भने, ‘सूचना संकलनका लागि सादा पोशाकमा ७० जनाको टोली खटाएका छौं ।’
‘त्यस्तै, सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०/३० जनाको टोली खटिएको छ’, उनले थपे, ‘हतियारसहितको क्यूआरटी टोलीमा ५३ जना छन् ।’
उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।
प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।
त्यस्तै, टिकट काउन्टरहरुमा पनि वेग्लावेग्लै टोली परिचालित भएका छन् ।
प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।
सामान्य अवस्थामा हत्या, अपरहण, ठगी, चोरी महिला हिंसा जस्ता अपराधिक क्रियाकलाप बढी देखिने गरिए पनि चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेष प्रहरीले गरेको छ ।
‘चाडपर्वमा स्थान वासिन्दाको व्यक्ति र सम्पत्ति सुरक्षा, आर्थिक कुराको सुरक्षा, धार्मिक कर्मको सुरक्षा लगायतमा हामी विशेष जोड दिन्छौं’, लामाले भने, ‘बैंक वित्तिय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ हामी सचेत छौं ।’
लामाका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, बिशिष्ट ब्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् ।
‘त्यस्तै, वित्तिय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने ठाउँ र भिडभाड हुने अन्य क्षेत्रहरुमा पनि सुरक्षा जोखिम हुन्छ’, उनले भने, ‘नाकादेखि लिएर होटल, गेष्ट हाउस, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रलाई पनि हामीले विशेष प्रायोरिटी दिएर प्रहरी परिचालन गरेका छौं ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












