काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनायो
काठमाडौं१४ असोज। काठमाडौं प्रहरी परिसरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता उच्च बनाएको छ ।
आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ ।
‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’, लामाले भने, ‘पैदल गस्ती टोलीमा ५० जना जनशक्ति परिचलान गरिएको छ ।’
पन्तका अनुसार साइकल, मोटरसाइकल र भ्यान गस्ती टोली पनि परिचान गरिएको छ । ‘साइकल गस्तीमा ३६, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएका छन्’, उनले भने, ‘सूचना संकलनका लागि सादा पोशाकमा ७० जनाको टोली खटाएका छौं ।’
‘त्यस्तै, सिल एन्ड सर्च, कडन एन्ड सर्च र एम्बिसिङ, निगरानी अपरेशनमा ३०/३० जनाको टोली खटिएको छ’, उनले थपे, ‘हतियारसहितको क्यूआरटी टोलीमा ५३ जना छन् ।’
उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।
प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।
त्यस्तै, टिकट काउन्टरहरुमा पनि वेग्लावेग्लै टोली परिचालित भएका छन् ।
प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।
सामान्य अवस्थामा हत्या, अपरहण, ठगी, चोरी महिला हिंसा जस्ता अपराधिक क्रियाकलाप बढी देखिने गरिए पनि चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेष प्रहरीले गरेको छ ।
‘चाडपर्वमा स्थान वासिन्दाको व्यक्ति र सम्पत्ति सुरक्षा, आर्थिक कुराको सुरक्षा, धार्मिक कर्मको सुरक्षा लगायतमा हामी विशेष जोड दिन्छौं’, लामाले भने, ‘बैंक वित्तिय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भइ असुविधा हुनसक्छ त्यसतर्फ हामी सचेत छौं ।’
लामाका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, बिशिष्ट ब्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् ।
‘त्यस्तै, वित्तिय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने ठाउँ र भिडभाड हुने अन्य क्षेत्रहरुमा पनि सुरक्षा जोखिम हुन्छ’, उनले भने, ‘नाकादेखि लिएर होटल, गेष्ट हाउस, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामिण वस्ती र भीआईपी मुभमेन्ट हुने क्षेत्रलाई पनि हामीले विशेष प्रायोरिटी दिएर प्रहरी परिचालन गरेका छौं ।’
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












