गरिबको सूचीमा पुर्ब मन्त्रीदेखि कर्मचारीसम्म, साहु सुचिमा पर्दा परेनन् हलिया !
काठमाडाैँ १५,असोज । पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन्।
सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन्। सरकारले हलिया मुक्तिको घोषणा गरेको १० वर्ष बित्यो।
बाजुरामा एक हजार पाँच सय हलियाको प्रमाणीकरण भए पनि साहुबाट लिएको ऋण मिनाहा र पुर्नस्थापनाको व्यवस्था नहुँदा हलियाहरुले अहिलेसम्म मुक्तिको अनुभूति गर्न पाएका छैनन्।
तीमध्ये थुप्रै अहिले पनि गुजाराका लागि साहुको खेत जोत्छन्। तर, यीमध्ये धेरै हलिया गरिबको सूचीमै छैनन्। स्वामीकार्तिक खापर गाउँपालिकाका लेखापाल खम्बीर बुढा अति गरिबमा सूचीकृत छन् तर उनको खेत जोत्ने बिर्ख भियालको नाम सूचीमै परेन।
छिमेकी जिल्ला बझाङमा पनि यस्तै छ। बझाङको जयपृथ्वी नगरपालिकाका धनबहादुर सुनार, प्यारु सुनारलगायतको नाम ‘अति गरिब’को परिचयपत्र पाउने सूचीमा राखेको थाहा पाएपछि उनका छिमेकी गगन बादीको चित्त दुखेको छ । यो खबर आजकोराजधानीदैनिकमा छ ।
आफ्नो नाम उनीहरुभन्दा दुई तहमाथिको धनी अर्थात् ‘सामान्य गरिब’को सूचीमा राखेको थाहा पाएका गगन रिसाएका छन्। कारण, अति गरिब भनिएका व्यक्ति गगनका साहु थिए। तिनै साहुबाट लिएको ऋण र त्यसको ब्याज तिर्न नसक्दा उनले पटक–पटक दुव्र्यवहार पनि भोगेका छन्।
आफूजस्तै आर्थिक अवस्थाका राजु बादी र दीपक बादीको नाम पनि सामान्य गरिबको सूचीमा देखेपछि उनले आक्रोश पोखे, ‘यस्तो पनि हुन्छ रु उनीहरु साहु भए पनि गरिब हुने। उनीहरुलाई सयकडा पाँच प्रतिशत ब्याज तिर्ने हामीहरुचाहिँ धनी रु यस्तो गरिबमारा सरकारको परिचयपत्र चाहिएन १’ जयपृथ्वी नगरपालिकास्थित बादी समुदायका १५ परिवारका बालबच्चाबाहेक सबैले छिमेकी सुनार समुदायका मानिसबाट ऋण लिएका छन्।
क्रण लिन लालपुर्जा, बादी परिचयपत्र, नागरिकतालगायतका कागजात धरौटी राखेकाले बादी समुदायका कोहीसँग परिचय खुल्ने सरकारी कागजात छैन। त्यसमाथि साहुले कम रकम दिएर बढी रकमको कागज बनाइदिन्छन्। उनीहरुकै नाम आफूभन्दा गरिबको सूचीमा परेको देख्दा छक्क परेको बाटु बादीले बताइन्। आफ्नै घर र जग्गा नभएका, मागेर गुजारा चलाइरहेका यहाँका १२ बादी परिवारमध्ये चार परिवार गरिबको सूचीमै परेनन्
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












