प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर
काठमाडौं १५,असोज । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।
जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।
दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।
जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












