सरकारकै दबाबमा चिनियाँ विमान ल्याइएको खुलासा
काठमाडाैँ १५,असोज । सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ ।
नेपाल वायुसेवा निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जनाकारी गराएको थियो ।
उक्त विमान नेपालमा उडान गर्न उपर्युक्त नभएको पाइएका कारण देखाई सरकारलाई पत्राचार गरेको थियो ।
नेपाल वायुसेवा निगममा दोस्रो कार्यकालमा फर्किनुभएका निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस्तो बताए ।
चीनले सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो । तर केही समयपछि सो विमानमा चरा ठोक्किएको थियो । यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो ।
अध्यक्ष खरेलले भन्नुभयो– ‘निगमले विमानको सपोर्ट सिस्टम राम्रो नपाएपछि अब भने विमान आयात रोक्नुपर्छ ।’ उहाँले विमान आयातको काम रोकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विमानमा समस्याहरु थपिएकाले अरु विमान नल्याउन लागि पत्राचार गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको कालीमाटीस्थित...
-
हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिको सिमाना भएर बग्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरि –७...
-
माघे सक्रान्ति नजिकिएसँगै सखरखण्डर र पिँडालुको मूल्य उच्च
काठमाडौँ: कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी...
-
नेपाल–भारत संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
काठमाडौँ : नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै शनिबार बेलुका काठमाडौंमा सम्पन्न भएको...
-
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने...
-
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
काठमाडौँ: नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान...
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते
काठमाडौं । मकवानपुरमा दुई वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...