माधव नेपाल चीन जानुअघि प्रचण्डले सिंगापुरबाट टेलिफोन मार्फत यस्तो भने………
काठमाडौं१५ ,असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको असन्तुष्टि कार्यकर्ता तहमा पोखिन थालेपछि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपाललाई सम्झाउने प्रयास गरेका छन् । नेपाल चीन जानुअघि प्रचण्डले सिंगापुरबाट टेलिफोन गरी स्थायी कमिटी बैठकबाट असन्तुष्टि सम्बोधन हुने आश्वासन दिएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डले माधव नेपाललाई टेलिफोन गरेको कुरा नेपालका प्रेस सल्लाहकारसमेत रहिसकेका नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले पनि पुष्टि गरे । दुई नेताबीच कुराकानी भएको पुष्टि गरे पनि के विषयमा कुरा भयो भन्ने जानकारी नभएको उनले बताए ।
स्रोतका अनुसार प्रचण्डले प्रदेश पदाधिकारी चयनको विषय यो हदसम्म विवादित होला भन्ने आफूले नसोचेको बताएका थिए । सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलको धेरै जोडबलमा अर्का अध्यक्ष ओली समेतको चाहना बुझेर आफूले निर्णयमा साथ दिएको प्रचण्डको भनाइ थियो ।
आफ्नो दोस्रो बरियता खोस्न माधव नेपालले ओलीलाई साथ दिएपछि रुष्ट भएका नेता खनाल पछिल्लो समय आफ्नै गुट बनाउन सक्रिय छन् । उनले माधव नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलासमेत औचित्यहीन भन्दै सहभागी भएका थिएनन् । खनालले सचिवालय बैठकको निर्णयको बचाउ गर्दै आएका छन् ।
प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ । नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनको निर्णय अस्वीकार गरेपनि नेपाल निकट प्रदेश इन्चार्जहरुले आ-आफ्नो प्रदेशका बैठक राखिसकेका छन् ।
प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अघि बढाउन गृहकार्य सुरु गरिएको बताइन् । त्यस्तै नेपाल निकट मानिने सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले पनि बैठक राखेर जिल्ला कमिटी एकीकरण कार्यदलहरुलाई रिपोर्ट बुझाउन निर्देशन दिइसकेका छन् ।
आफू नभएको बेला केन्द्रीय सचिवालय बैठकबाट प्रदेश पदाधिकारी एकलौटी रुपमा चयन गरिएको र कार्यवाहक आध्यक्षसमेत नदिइ दुवै अध्यक्ष विदेश गएपछि नेपालले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले स्थायी कमिटी सदस्यहरुलाई भेलासमेत गरेपछि नेकपाको विवाद बाहिर आएको हो ।
अध्यक्ष प्रचण्डले माधव नेपाललाई टेलिफोन गरेको कुरा नेपालका प्रेस सल्लाहकारसमेत रहिसकेका नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले पनि पुष्टि गरे । दुई नेताबीच कुराकानी भएको पुष्टि गरे पनि के विषयमा कुरा भयो भन्ने जानकारी नभएको उनले बताए ।
स्रोतका अनुसार प्रचण्डले प्रदेश पदाधिकारी चयनको विषय यो हदसम्म विवादित होला भन्ने आफूले नसोचेको बताएका थिए । सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलको धेरै जोडबलमा अर्का अध्यक्ष ओली समेतको चाहना बुझेर आफूले निर्णयमा साथ दिएको प्रचण्डको भनाइ थियो ।
आफ्नो दोस्रो बरियता खोस्न माधव नेपालले ओलीलाई साथ दिएपछि रुष्ट भएका नेता खनाल पछिल्लो समय आफ्नै गुट बनाउन सक्रिय छन् । उनले माधव नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलासमेत औचित्यहीन भन्दै सहभागी भएका थिएनन् । खनालले सचिवालय बैठकको निर्णयको बचाउ गर्दै आएका छन् ।
प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ । नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनको निर्णय अस्वीकार गरेपनि नेपाल निकट प्रदेश इन्चार्जहरुले आ-आफ्नो प्रदेशका बैठक राखिसकेका छन् ।
प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अघि बढाउन गृहकार्य सुरु गरिएको बताइन् । त्यस्तै नेपाल निकट मानिने सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले पनि बैठक राखेर जिल्ला कमिटी एकीकरण कार्यदलहरुलाई रिपोर्ट बुझाउन निर्देशन दिइसकेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...