उत्कृष्ट कार्य गर्ने प्रहरी जवानले पाउँदै आएको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज
काठमाडौं१५ ,असोज । काठमाडौं जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि डिएसपीसम्मले पाउँदै आएको नगद पुरस्कारसहितको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएको छ ।
२०७५ वैशाखदेखि महानगरीय प्रहरी परिसर र त्यस मातहत कार्यरत उत्कृष्ट कार्य गर्दै आएका प्रहरी कर्मचारी दिइँदै आएको पुरस्कार खारेज गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
‘पुरस्कार दिने त्यो प्रणाली खारेज भयो’ एसएसपी लामाले भने, ‘दाताले दिएको पुरस्कार बापतको रकमलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे सल्लाह गर्दै छौं, सम्भवत सहयोगी संस्थासँग सल्लाह गरेर ब्यारेक बनाउनेतिर सोचेका छौं ।’
२०७४ चैतमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई मासिक १० हजार र प्रहरी नायव उपरीक्षक डिएसपीलाई ५० हजार नगद सहित ‘काठमाडौं प्रहरी अवार्ड’को शुरुवात गरिएको थियो ।
उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दारले १५ हजार, प्रहरी सहायक निरीक्षकले २० हजार, प्रहरी नायव निरीक्षक (सई) ले २५ हजार र एकजना प्रहरी इन्सपेक्टरले हरेक महिना ३५ हजार नगद पुरस्कार प्राप्त गर्दै आएका थिए ।
उत्कृष्ट प्रहरीलाई पुरस्कार दिनका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार उपलब्ध गराएको थियो ।
काठमाडौंका तत्कालिन एसएसपी विश्वराज पोखरेलले उक्त अवार्डको शुरुवात गरेका थिए । तर, पछिल्लो समय प्रहरी नियमावली विपरित पुरस्कार वितरण गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे असन्तुष्टि व्यक्त गरेको थियो ।
‘प्रहरीको पुरस्कार दिने आन्तरिक कार्यप्रणाली छ, राम्रो गर्नेलाई हामी तत्काल पुरस्कृत गर्न सक्छौं’ एसएसपी लामाले भने, ‘कुनै संघ–संस्थाले पुरस्कृत गर्नुपरेमा हामीसँग मिलेर भन्दा पनि उनीहरु आफैंले गर्न सक्छन् ।’
‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएपनि अहिलेसम्म पुरस्कार पाएका प्रहरी कर्मचारीहरुको तिनपुस्ते रेकर्डमा जनाइने बताइएको छ । काठमाडौं प्रहरीले चार महिना अवार्ड वितरण गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी परिसर ललितपुरले दिँदै आएको पुरस्कार समेत खारेज हुने भएको छ । सिटिजन्स बैंकको सहयोगमा लतिलपुरका तत्कालिन एसएसपी गणेश ऐरले पनि उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार दिने परिपाटीको शुरुवात गरेका थिए ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











