उत्कृष्ट कार्य गर्ने प्रहरी जवानले पाउँदै आएको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज
काठमाडौं१५ ,असोज । काठमाडौं जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि डिएसपीसम्मले पाउँदै आएको नगद पुरस्कारसहितको ‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएको छ ।
२०७५ वैशाखदेखि महानगरीय प्रहरी परिसर र त्यस मातहत कार्यरत उत्कृष्ट कार्य गर्दै आएका प्रहरी कर्मचारी दिइँदै आएको पुरस्कार खारेज गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
‘पुरस्कार दिने त्यो प्रणाली खारेज भयो’ एसएसपी लामाले भने, ‘दाताले दिएको पुरस्कार बापतको रकमलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे सल्लाह गर्दै छौं, सम्भवत सहयोगी संस्थासँग सल्लाह गरेर ब्यारेक बनाउनेतिर सोचेका छौं ।’
२०७४ चैतमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई मासिक १० हजार र प्रहरी नायव उपरीक्षक डिएसपीलाई ५० हजार नगद सहित ‘काठमाडौं प्रहरी अवार्ड’को शुरुवात गरिएको थियो ।
उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दारले १५ हजार, प्रहरी सहायक निरीक्षकले २० हजार, प्रहरी नायव निरीक्षक (सई) ले २५ हजार र एकजना प्रहरी इन्सपेक्टरले हरेक महिना ३५ हजार नगद पुरस्कार प्राप्त गर्दै आएका थिए ।
उत्कृष्ट प्रहरीलाई पुरस्कार दिनका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार उपलब्ध गराएको थियो ।
काठमाडौंका तत्कालिन एसएसपी विश्वराज पोखरेलले उक्त अवार्डको शुरुवात गरेका थिए । तर, पछिल्लो समय प्रहरी नियमावली विपरित पुरस्कार वितरण गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे असन्तुष्टि व्यक्त गरेको थियो ।
‘प्रहरीको पुरस्कार दिने आन्तरिक कार्यप्रणाली छ, राम्रो गर्नेलाई हामी तत्काल पुरस्कृत गर्न सक्छौं’ एसएसपी लामाले भने, ‘कुनै संघ–संस्थाले पुरस्कृत गर्नुपरेमा हामीसँग मिलेर भन्दा पनि उनीहरु आफैंले गर्न सक्छन् ।’
‘काठमाडौं प्रहरी अवार्ड’ खारेज भएपनि अहिलेसम्म पुरस्कार पाएका प्रहरी कर्मचारीहरुको तिनपुस्ते रेकर्डमा जनाइने बताइएको छ । काठमाडौं प्रहरीले चार महिना अवार्ड वितरण गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी परिसर ललितपुरले दिँदै आएको पुरस्कार समेत खारेज हुने भएको छ । सिटिजन्स बैंकको सहयोगमा लतिलपुरका तत्कालिन एसएसपी गणेश ऐरले पनि उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार दिने परिपाटीको शुरुवात गरेका थिए ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












