काठमाडाैँको पाँचतारे होटेलमा पाक्छ मनाङको आलु
काठमाडाैँ १६,असोज । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ ।
वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् ।
यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा वाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो । यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ ।
यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ । तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ । आलु खरिदका लागि मानिसहरु खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताउनुभयो ।
आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् । धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका–२ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि आलु किसानलाई खेतीबाट फाइदा हुन थालेको छ ।
चाडबाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोशेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेसीशहर र काठमाडौँ पठाइन्छ ।
थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाउनुभएको छ । मनाङ लम्जुङको सडक पहिरोले बिगारे पछि आफ्नो व्यापार रोकिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “पाँच–छ वर्ष अघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गा¥हो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।”
नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माण जस्ता काम गर्ने गरिएको र महिलाको आयआर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताउनुभयो ।
ठाउँ ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारीसाधनमै राखेर आलु काठमाडौँ पठाउन पाइएको छ । मनाङको रैथाने आलु देशका ठाउँ ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँका रैथाने आलु काठमाडौँका ठूल्ठूला होटलहरुमा निर्यात हुने गरेको छ ।
शहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने र मनाङको आलुको परिकार अतिथिले तारीफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १३० रुपैयाँ पर्छ ।
मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन वर्षेनी बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरु आलु खेती गर्न लालायित भएका हुन् ।
कार्यालयका अनुसार आव २०७२/७३ मा ४४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ हजार ६११ टन उत्पादन भएको थियो । आव २०७३/७४ मा ६७५ हेक्टरमा लगाइएको आलु खेतीबाट ८ हजार २३७ टन उत्पादन भएको थियो । आव २०७४/७५ मा ६८१ हेक्टरमा ८ हजार ४२० टन आलु उत्पादन भयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











