कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपीको पढाइ शुरु हुँदै
काठमाडाैँ १६,असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स (एमडीजिपी)को पठनपाठन सुरू गर्ने तयारी गरेको छ।
सो तहको अध्यापन सुरू गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन सुरू गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए। प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति ( मिडवाइफ) सम्बन्धी अध्यापन सुरू गरिसकेको छ।
सो विषयको अध्ययनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ। त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौं विश्वविद्यालयमा पनि सो तहको अध्ययनअध्यापन हुन्छ।
‘सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्छ’, प्रशासकीय अधिकृत भण्डारीले भने।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तह(एमबिबीएस), एमडीजिपीलगायत शैक्षिक कार्यक्रम सुरूआत गर्ने निर्णय गरेको थियो।
प्रतिष्ठानले एमबिबीएस तहको अध्ययनअध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए।
सरकार र प्रा डा गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन सुरू गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिए।
उनले भने, ‘एमबिबिएस तहको अध्ययनअध्यापनका लागि ३०० शय्याको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ। प्रतिष्ठानमा छ कि छैन ? भावनामा चिकित्सा शिक्षाको पढाइ हुने होइन।’
प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेले जानकारी दिए।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












