जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल
काठमाडाैँ १७,असोज । सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।
योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ ।
निर्वाचित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २ वर्ष पनि नपुग्दै पुन: नयाँ गाडी खरिदको तयारी सुरु भएको छ।
नगर र गाउँपालिका प्रमुखका लागि गाडी खरिदसँगै उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी किन्ने तयारीमा रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यसो त सबै नगर र गाउँका प्रत्येक वडाका वडाध्यक्षहरूलाई स्थानीय तहले मोटरसाइकलको व्यवस्था गरेका छन्।
विकास निर्माणका लागि सवारीसाधन अनिवार्य भन्दै खरिदका लागि ५ नगर र ६ गाउँपालिका सबैले रकम विनियोजन गरेको जनाएका छन्।
अर्जुनचौपारी गाउँपालिकाले एउटा गाडी, प्रत्येक वडा र नगर कार्यपालिकाका लागि समेत गरी १२ मोटरसाइकल खरिद गरेको छ। ३ नम्बर वडा समितिमा २ मोटरसाइकल छन्। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार गाउँ कार्यपालिकामा थप अर्को गाडी आवश्यक छ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











