चिनियाँ जहाज भित्रिएको ४ बर्षपछि अब दुर्गममा पनि
काठमाडाैँ १७,असोज । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै चीनबाट भित्र्याएको वाई–१२ ई जहाज ४ वर्षपछि बल्ल सो क्षेत्रमा उडाउने तयारी थालेको छ । सो जहाजबाट दुर्गम क्षेत्रमा उडानको लागि अनुमति माग्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निगमले पत्र लेखेको छ ।
निगमले अनुदान तथा सुलभ ब्याजदरको ऋणमा खरिद गरेर वाई–१२ ई लगायतका चिनियाँ जहाज ल्याएको हो । चीनबाट ल्याइएको ४ थान जहाजमार्फत देशका दुई दर्जनभन्दा बढी दुर्गम गन्तव्यमा उडान गर्न अनुमति माग्दै परफरमेन्स रिभ्युको लागि प्राधिकरणलाई पत्र लखेको हो । तत्कालीन समयमा वाई–१२ ई जहाजले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै नेपाल ल्याएको भए पनि चिनियाँ जहाज निर्माता कम्पनीले चार वर्षसम्म परफरमेन्स रिभ्यु नगर्दा हालसम्म उडेका जहाजबाट पनि निगमले सुगममा मात्र उडान गर्दै आएको थियो ।
केही साताअघि चिनियाँ जहाज निर्माता कम्पनीले निगमलाई वाई–१२ ई जहाजको परफरमेन्स रिभ्युसहितको कागजात पठाएको थियो । विगतमा पठाइएको परफरमेन्स चार्टले वाई–१२ ई जहाज दुर्गममा उड्न नसक्ने निष्कर्ष निगमकै अध्ययनले देखाएको थियो । “पछिल्लो समय पठाएको परफरमेन्स रिभ्युले दुर्गममा उडान गर्न सक्ने देखेपछि परीक्षण उडान गरेका हौं,” निगमका प्रवक्ता अशोक सिग्देलले भने । प्राधिकरणले रिभ्यु गरेर उडानयोग्य प्रमाणपत्र (एओसी) दिएमा धमाधाम दुर्गममा सेड्युअल उडान थाल्ने प्रवक्ता सिग्देलले जानकारी दिए ।
१८ सिट क्षमताका वाई १२ ई जहाज निगमसँग हाल ४ थान छन् । दसैं अगाडि नै प्राधिकरणले अनुमति दिएमा उडान सुरु गर्ने तयारी रहेको सिग्देलले जानकारी दिए । निगमले वाई १२ ई जहाज मार्फत सोलुको लुक्ला, हुल्लाको सिमकोट, मुगुको ताल्चा, मुस्ताङको जोमसोम, रामेछापको मन्थली र दाङको टरिगाउँ विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरिसकेको छ । निगमसँग हाल आन्तरिक उडानका लागि एमए ६० दुई थान, वाई १२ ई ४ थान र ट्वीनखटर २ थान गरी १० थान जहाज छन् । त्यसमा चिनियाँ एमए ६० जहाज विगत एक सातादेखि ग्राउन्डेड छ भने एक थान ट्वीनटर पनि लामो समयदेखि ग्राउन्डेड भएको छ । दसैं अगाडि अनुमति पाएमा निगमले ६ थान जहाज जहाजमार्फत आन्तरिक उडान भर्नसक्ने छ ।
चार जहाजका लागि चार क्याप्टेन निगमले पछिल्लो वाई–१२ ई जहाज दुर्गममा उडाउने भन्दै परीक्षण उडान गरे पनि पाइलट अभाव भने उस्तै छ । हाल चार थान जहाज उडान गर्नका लागि चार जनामात्रै क्याप्टेन छन् भने ६ जना कोपाइलट छन् । चार थान जहाजलाई पूर्ण क्षमतामा उडान भर्न कम्तीमा पनि १६ जना क्याप्टेन आवश्यक पर्दछ भने ३० जनाभन्दा बढी कोपाइलट आवश्यक पर्दछ । निगमले अहिले धमाधम पाइलट लिने प्रक्रिया गरिरहेको र छिट्टै पाइलटको समस्या समाधान गरेर दुई दर्जनभन्दा बढी दुर्गम गन्तव्यमा उडान गर्ने प्रवक्ता सिंग्देलले जानाकारी दिए ।
निजी एयरलाइन्सका ८० प्रतिशत टिकट सकिए
निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्स कम्पनीहरूले दसैंको अग्रिम टिकट ८० प्रतिशत बिक्री भएको जानकारी दिएका छन् । आन्तरिक उडानमा चर्को प्रतिस्पर्धा गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सले दसैंको टिकट ८० प्रतिशतभन्दा बढी बिक्री भएको जनाएका छन् । मुख्यगरी फूलपाती, अष्टमी, नवमी र दशमीका टिकट अधिकांश बिक्री भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । भरतपुर र तुम्लिङटार लगायतको गन्तव्यको भने शतप्रतिशत बुकिङ भएको एयरलाइन्स कम्पनीले जनाएका छन् ।
ठूला जहाज जाने क्षेत्रमा भने अझै केही टिकट बाँकी रहेको र थप उडान गर्नका लागि प्राधिकरणसँग छलफल भइरहेको यति एयरलाइन्सका प्रवक्ता भीम राईले जानकारी दिए । दसैंमा अधिकांश टिकट बिक्री भइसके पनि नेपालगन्ज, धनगढी, विराटनगर, पोखरालगायत गन्तव्यमा थप उडान गर्र्ने तयारीमा रहेको राईले जानकारी दिए । बुद्ध एयरले पनि दसैंको अधिकांश टिकट बिक्री भएको जनाएको छ । एयरले थप उडान गर्नको लागि प्राधिकरणसँग छलफल गरिरहेको जनाएको छ । श्री एयरलाइन्सले पनि अधिकांश टिकट बिक्री भइसकेको जनाएको छ । “हाम्रा ठूला जहाज भएपनि अधिकांश टिकट बिक्री भइसकेका छन्,” श्री एयरलाइन्सका सेल्स एन्ड मार्केटिङ विभागका प्रमुख अनिल मानन्धरले जानकारी दिए ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











