कलेजको ‘फी तिर्न’ सुन तस्करीमा,विमानस्थलका तस्कर केरुङतर्फ
काठमाडाैँ १७,असोज । महानगरीय प्रहरी परिसर काठमाडौंलाई मंगलवार दिउँसो सूचना आयो, रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ सुन तस्करी हुँदै छ । प्रहरीले रसुवाबाट काठमाडौं भित्रिने सबै नाकामा हाइ अलर्ट जारी गर्यो । मंगलवार दिउँसो ४ बजेदेखि नै सुन समात्न परिचालन भएको प्रहरीको टोलीका सदस्यलाई साँझ साढे ७ बजे वकिटकीमा निर्देशन आयो, सुन फेला परिसक्यो मूभ हुनु ।
प्रहरीले मंगलवार साँझ ७ः ३० बजे नुवाकोटबाट काठमाडौं भित्रिने नाका काठमाडौंको पिप्ले बालाजुमा ५ किलो सुनसहित १ जनालाई पक्राउ गर्यो । सार्वजनिक बस चढेर काठमाडौं आएका ती व्यक्तिसँग सुन होला भन्ने कसैले अनुमान पनि गर्नसक्ने अवस्था थिएन् । रसुवाबाट नुवाकोट हुँदै काठमाडौं पुग्दासम्म उनी अरु यात्रुजस्तै सामान्य रुपमै सार्वजनिक यातायात चढेर काठमाडौं पुगेका थिए । तर, प्रहरीले उनीसँगै सुन रहेको यकीन सूचनाका आधारमा चेकजाँच गर्दा ५ किलो सुन फेला पर्यो ।
कलेजको फी तिर्न सुन तस्करी
१८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग सम्बन्ध बढ्यो । गाउँका छिमेकीले नै उनलाई चिनियाँ व्यापारीसँग चिनाएका थिए । पहिलो भेटमै चिनियाँ व्यापारीले आफूसँग काम गर्ने भए ठूलै पैसा पाइने प्रस्ताव राखे ।
ठूलै पैसा आम्दानी हुने भएपछि सो बहादुर पनि राजी भए । त्यसपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौंका लागि हिँडे । उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो सो बहादुरलाई ।
तर, काठमाडौंको जमिन टेक्दा नटेक्दै उनलाई प्रहरीले पक्राउ गर्यो । उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । रसुवाबाट काठमाडौं पुर्याएबापत उनले १ किलो सुन बराबर ५० हजार पाउने सहमति भएको बुझिएको छ ।
विमानस्थलका तस्कर केरुङतर्फ
२०४४ साल अगाडिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने गरेको सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन छ । विमानस्थलबाट हुने सुन तस्करीको घटना सार्वजनिक भइसकेपछि तस्करहरु भने चीनको नाकातर्फ गएको प्रहरीको दावी छ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा समेत सहभागी भएका एसएसपी लामा विमानस्थलबाट हुने तस्करीमा सक्रिय भएका तस्कर अहिले चीनको नाकामा सक्रिय भएको बताउँछन् ।
‘विमानस्थलबाट हुने सुन तस्करी अहिले लगभग बन्द जस्तै भएको छ,’ एसएसपी लामाको दाबी छ, ‘विमानस्थलमा तस्करी गर्नेहरु अहिले केरुङतर्फ गएको जस्तो देखिन्छ । मंगलवारसहित असोज महिनामा मात्रै काठमाडौं प्रहरीले ८ किलो सुन बरामद गरिसकेको छ । प्रहरीले गत सोमवार (असोज ८ गते) टोखाबाट ३ किलो सुनसहित २ जनालाई पत्राउ गरेको थियो । केरुङ नाकाबाट नेपाल भित्र्याइएको ३ किलो सुनसहित रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परेका थिए ।
यो पनि पढ्नुहोस
काठमाडाैंकाे तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












