कलेजको ‘फी तिर्न’ सुन तस्करीमा,विमानस्थलका तस्कर केरुङतर्फ
काठमाडाैँ १७,असोज । महानगरीय प्रहरी परिसर काठमाडौंलाई मंगलवार दिउँसो सूचना आयो, रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ सुन तस्करी हुँदै छ । प्रहरीले रसुवाबाट काठमाडौं भित्रिने सबै नाकामा हाइ अलर्ट जारी गर्यो । मंगलवार दिउँसो ४ बजेदेखि नै सुन समात्न परिचालन भएको प्रहरीको टोलीका सदस्यलाई साँझ साढे ७ बजे वकिटकीमा निर्देशन आयो, सुन फेला परिसक्यो मूभ हुनु ।
प्रहरीले मंगलवार साँझ ७ः ३० बजे नुवाकोटबाट काठमाडौं भित्रिने नाका काठमाडौंको पिप्ले बालाजुमा ५ किलो सुनसहित १ जनालाई पक्राउ गर्यो । सार्वजनिक बस चढेर काठमाडौं आएका ती व्यक्तिसँग सुन होला भन्ने कसैले अनुमान पनि गर्नसक्ने अवस्था थिएन् । रसुवाबाट नुवाकोट हुँदै काठमाडौं पुग्दासम्म उनी अरु यात्रुजस्तै सामान्य रुपमै सार्वजनिक यातायात चढेर काठमाडौं पुगेका थिए । तर, प्रहरीले उनीसँगै सुन रहेको यकीन सूचनाका आधारमा चेकजाँच गर्दा ५ किलो सुन फेला पर्यो ।
कलेजको फी तिर्न सुन तस्करी
१८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग सम्बन्ध बढ्यो । गाउँका छिमेकीले नै उनलाई चिनियाँ व्यापारीसँग चिनाएका थिए । पहिलो भेटमै चिनियाँ व्यापारीले आफूसँग काम गर्ने भए ठूलै पैसा पाइने प्रस्ताव राखे ।
ठूलै पैसा आम्दानी हुने भएपछि सो बहादुर पनि राजी भए । त्यसपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौंका लागि हिँडे । उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो सो बहादुरलाई ।
तर, काठमाडौंको जमिन टेक्दा नटेक्दै उनलाई प्रहरीले पक्राउ गर्यो । उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । रसुवाबाट काठमाडौं पुर्याएबापत उनले १ किलो सुन बराबर ५० हजार पाउने सहमति भएको बुझिएको छ ।
विमानस्थलका तस्कर केरुङतर्फ
२०४४ साल अगाडिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने गरेको सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन छ । विमानस्थलबाट हुने सुन तस्करीको घटना सार्वजनिक भइसकेपछि तस्करहरु भने चीनको नाकातर्फ गएको प्रहरीको दावी छ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा समेत सहभागी भएका एसएसपी लामा विमानस्थलबाट हुने तस्करीमा सक्रिय भएका तस्कर अहिले चीनको नाकामा सक्रिय भएको बताउँछन् ।
‘विमानस्थलबाट हुने सुन तस्करी अहिले लगभग बन्द जस्तै भएको छ,’ एसएसपी लामाको दाबी छ, ‘विमानस्थलमा तस्करी गर्नेहरु अहिले केरुङतर्फ गएको जस्तो देखिन्छ । मंगलवारसहित असोज महिनामा मात्रै काठमाडौं प्रहरीले ८ किलो सुन बरामद गरिसकेको छ । प्रहरीले गत सोमवार (असोज ८ गते) टोखाबाट ३ किलो सुनसहित २ जनालाई पत्राउ गरेको थियो । केरुङ नाकाबाट नेपाल भित्र्याइएको ३ किलो सुनसहित रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परेका थिए ।
यो पनि पढ्नुहोस
काठमाडाैंकाे तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












