३८ प्रतिशत लगानी पूर्वाधार विकासमा पोखरिया नगरपालिकाको अनुमानित बजेट ५५ करोड
वीरगञ्ज२१, असोज। पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ५५ करोड बजेट अनुमान गरेको छ । आन्तरिक आम्दानी, संघीय सरकार र प्रदेश सरकारबाट आउने रकम लगायत गरी ४५ करोड ९५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको हो ।
नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर सलमा खातुनले आन्तरिक आम्दानी १ करोड ४७ लाख ४० हजार ४ सय ४५ रुपैयाँ संकलन हुने अनुमानसहित बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
त्यसैगरी संघीय सरकारको राजश्व बाँडफाट ६ करोड २१ लाख ९५ हजार, नेपाल सरकारबाट वित्तीय सशर्त अनुदान शिक्षा, स्वास्थ्य, अस्पताल, आयुर्वेद, कृषि–पशुमा १४ करोड ९ लाख, गत वर्षको मौजदात ६ करोड १ लाख ३६ हजार ५ सय ४५ रुपैयाँ बजेटका स्रोत छन् ।
जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि ३ करोड ६४ लाख, बहुक्षेत्रीय पोषण योजनाका लागि १७ लाख २४ हजार, सडक मर्मतका लागि ३० लाख, प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड, प्रदेश सरकारबाटै वित्तीय समानीकरणतर्फ २७ लाख १४ हजार र आन्तरिक ऋण २ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । कुल बजेटको ३८ प्रतिशत पूर्वाधार विकासमा लगानी हुने उपमेयर खातुनको भनाइ छ ।
‘पर्साको केन्द्रविन्दु प्रचुर विकासको पूर्वाधार, स्वस्थ, सुन्दर हराभरा पोखरीया स्मार्ट सिटीको आधार’, ‘सुशासनयुक्त समृद्ध विकासको शहर, मधेसको गौरव मधेसको शान पोखरीया नगर’ जस्ता नारा दिएर नगरपालिकाले विभिन्न विकासका योजनाहरु अघि सारेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा नागरिकलाई नगरपालिका भएको अनुभूति गराउने, नगरबाट प्रदान गरिने सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्ने, समतामुलक समृद्ध नगर निर्माण गर्ने दिगो विकासको मर्म अनुरुप पूर्वाधार विकास गर्ने लक्ष्य पोखरीया नगरपालिकाले लिएको छ ।
वार्षिक प्रगति विवरण पेश गर्दै नगरप्रमुख दीप नारायण रौनियारले विभिन्न समस्या र चुनौतिका बाबजुद पनि पहिलो वर्ष थुप्रै काम गरिएको दावी गरे । ‘स्थानीय तहको निर्वाचनपछि जनताका असिम अपेक्षाहरु छन्, सीमित स्रोत साधनहरुबाट नगरपालिकाको असंख्य समस्याहरुको समाधान गर्नुपर्ने चुनौति हामीसँग छ,’ उनले भने, ‘त्यसका बाबजुद हामीले गत वर्ष केही योजनाहरुको डीपीआर तयार पारेका छौं ।’
मुख्य मन्त्रीको ‘बेटी पढाई, बेटी बचाई’ अभियानलाई सार्थक बनाउन पोखरीया नगरपालिकामा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने र प्रत्येक बालिकाहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाएको जानकारी पनि उनले दिए ।
उनका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ३.७५ किलोमिटर सडक मर्मत, ७.५ किलोमिटर सडक ग्राभेल गर्नुको साथै १ हजार ८० घरधुरीमा शौचालय निर्माण, ७ सय ३५ मिटर पक्की नाला, ९ सय ७२ मिटर ढलान सडक निर्माण, १० ठाउँमा मन्दिर निर्माण तथा मर्मत, २ ठाउँमा धर्मशाला, ३ वटा विद्यालय मर्मत तथा निर्माणका कामहरु भएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले विभिन्न क्षेत्रबाट ३४ करोड ८ लाख ३१ हजार ८ सय ३४ रुपैयाँ आम्दानी गरेकोमा चालु तर्फ १७ करोड ८ लाख ६० हजार ६ सय २३ र पूँजीगत तर्फ १० करोड ९८ लाख ३४ हजार ६ सय ६६ रुपैयाँ गरी २८ करोड ६ लाख ९५ हजार २ सय ८९ रुपैयाँ खर्च गरेको छ ।
नगरपरिषदको उदघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि जुट्न आग्रह गरे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












