३८ प्रतिशत लगानी पूर्वाधार विकासमा पोखरिया नगरपालिकाको अनुमानित बजेट ५५ करोड
वीरगञ्ज२१, असोज। पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ५५ करोड बजेट अनुमान गरेको छ । आन्तरिक आम्दानी, संघीय सरकार र प्रदेश सरकारबाट आउने रकम लगायत गरी ४५ करोड ९५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको हो ।
नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर सलमा खातुनले आन्तरिक आम्दानी १ करोड ४७ लाख ४० हजार ४ सय ४५ रुपैयाँ संकलन हुने अनुमानसहित बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
त्यसैगरी संघीय सरकारको राजश्व बाँडफाट ६ करोड २१ लाख ९५ हजार, नेपाल सरकारबाट वित्तीय सशर्त अनुदान शिक्षा, स्वास्थ्य, अस्पताल, आयुर्वेद, कृषि–पशुमा १४ करोड ९ लाख, गत वर्षको मौजदात ६ करोड १ लाख ३६ हजार ५ सय ४५ रुपैयाँ बजेटका स्रोत छन् ।
जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि ३ करोड ६४ लाख, बहुक्षेत्रीय पोषण योजनाका लागि १७ लाख २४ हजार, सडक मर्मतका लागि ३० लाख, प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड, प्रदेश सरकारबाटै वित्तीय समानीकरणतर्फ २७ लाख १४ हजार र आन्तरिक ऋण २ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । कुल बजेटको ३८ प्रतिशत पूर्वाधार विकासमा लगानी हुने उपमेयर खातुनको भनाइ छ ।
‘पर्साको केन्द्रविन्दु प्रचुर विकासको पूर्वाधार, स्वस्थ, सुन्दर हराभरा पोखरीया स्मार्ट सिटीको आधार’, ‘सुशासनयुक्त समृद्ध विकासको शहर, मधेसको गौरव मधेसको शान पोखरीया नगर’ जस्ता नारा दिएर नगरपालिकाले विभिन्न विकासका योजनाहरु अघि सारेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा नागरिकलाई नगरपालिका भएको अनुभूति गराउने, नगरबाट प्रदान गरिने सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्ने, समतामुलक समृद्ध नगर निर्माण गर्ने दिगो विकासको मर्म अनुरुप पूर्वाधार विकास गर्ने लक्ष्य पोखरीया नगरपालिकाले लिएको छ ।
वार्षिक प्रगति विवरण पेश गर्दै नगरप्रमुख दीप नारायण रौनियारले विभिन्न समस्या र चुनौतिका बाबजुद पनि पहिलो वर्ष थुप्रै काम गरिएको दावी गरे । ‘स्थानीय तहको निर्वाचनपछि जनताका असिम अपेक्षाहरु छन्, सीमित स्रोत साधनहरुबाट नगरपालिकाको असंख्य समस्याहरुको समाधान गर्नुपर्ने चुनौति हामीसँग छ,’ उनले भने, ‘त्यसका बाबजुद हामीले गत वर्ष केही योजनाहरुको डीपीआर तयार पारेका छौं ।’
मुख्य मन्त्रीको ‘बेटी पढाई, बेटी बचाई’ अभियानलाई सार्थक बनाउन पोखरीया नगरपालिकामा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने र प्रत्येक बालिकाहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाएको जानकारी पनि उनले दिए ।
उनका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ३.७५ किलोमिटर सडक मर्मत, ७.५ किलोमिटर सडक ग्राभेल गर्नुको साथै १ हजार ८० घरधुरीमा शौचालय निर्माण, ७ सय ३५ मिटर पक्की नाला, ९ सय ७२ मिटर ढलान सडक निर्माण, १० ठाउँमा मन्दिर निर्माण तथा मर्मत, २ ठाउँमा धर्मशाला, ३ वटा विद्यालय मर्मत तथा निर्माणका कामहरु भएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले विभिन्न क्षेत्रबाट ३४ करोड ८ लाख ३१ हजार ८ सय ३४ रुपैयाँ आम्दानी गरेकोमा चालु तर्फ १७ करोड ८ लाख ६० हजार ६ सय २३ र पूँजीगत तर्फ १० करोड ९८ लाख ३४ हजार ६ सय ६६ रुपैयाँ गरी २८ करोड ६ लाख ९५ हजार २ सय ८९ रुपैयाँ खर्च गरेको छ ।
नगरपरिषदको उदघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि जुट्न आग्रह गरे ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












