अमेरिकामा सय वर्षपछिको सबैभन्दा खतरनाक आँधी, अकल्पनीय विनाशको चेतावनी
एजेन्सि । अमेरिकाको फ्लोरिडा राज्यको तटमा माइकल नामको आँधी पुगेको छ । यो आँधी श्रेणी चारमा परिवर्तन भइसकेको छ अर्थात् अत्यधिक खतरनाक आँधी । राष्ट्रिय आँधी केन्द्रका अनुसार बुधबार दिउँसोको आँधीले फ्लोरिडाको मेक्सीको बीचमा पहिलो कदम राखेका थियो ।
फ्लोरिडाका गवर्नर रिक स्कटले यसलाई अकल्पनीय विनाशको चेतावनी भएको बताएका छन् । उनले यसलाई सय वर्षमा सबैभन्दा खतरनाक आँधी बताएका छन् ।
मध्य अमेरिकामा गत हप्ताको अन्त्यमा आँधी, वर्षा र बाढीका कारण १३ जनाको मृत्यु भएको खबर छ । अहिलेको माइकल आँधी दुई सय ५० किलोमिटर प्रतिघण्टाको गतीमा बढिरहेको छ ।
फ्लोरिडामा हज्जारौं नागरिकलाई आफू बस्ने स्थान खाली गर्न निर्देशन दिइएको छ तर धेरैजना निस्कन सकेका छैनन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरुलाई निकाल्न सजिलो नभएको बताएका छन् ।
चेतावनीः
ट्रम्पले भने, ‘यीमध्ये केहीका लागि आफ्नो स्थान छोड्नु त्यति सजिलो छैन । केही क्षेत्र निकै गरिब छ । कुनै आवश्यक धनबिना आफ्नो स्थान छोड्नु सजिलो छैन । हामीले उनीहरुका लागि बस पठाएका छौं । उनीहरुलाई उक्त क्षेत्रबाट निकाल्नका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’
माइकल आँधी अमेरिकाको पूर्वी तटमा तीब्र रुपमा बढ्नेछ र उक्त इलाकामा अत्यधिक वर्षा हुनेछ । यो त्यही इलाका हो जुन पछिल्लो महिना आएको फ्लोरेन्स आँधीको क्षतीबाट माथि उठ्न सकेको छैन ।
राष्ट्रिय आँधी केन्द्रले तटीय इलाकाका बासिन्दालाई खतरनाक हावा तीब्र रुपमा बढ्ने भएकाले शान्त वातावरण देखेर बाहिर ननिस्कन नयाँ चेतावनी जारी गरेको छ ।
फ्लोरिडामा तीन लाख ७० हजार बढी बासिन्दालाई इलाका खाली गर्न र अग्लो स्थानमा जान आदेश दिएको छ तर अधिकारीले निकै कम मानिसले मात्र इलाका छोडेको अनुमान गरेका छन् । गभर्नर रिक स्कटले अब त्यहाँबाट निस्कने समय समाप्त भइसकेको चेतावनी दिएका छन् ।
‘यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने तपाईं आफ्नो घर नछोड्नुहोस् किनभने त्यहाँबाट निस्कने समय गुज्रिसकेको छ । स्थानीय अधिकारीको कुरा सुन्नुहोस् । यदि तपाईंहरु इनल्याण्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंसँग आश्रय लिनका लागि अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीलाई सुरक्षित लागेको बेला मात्र । यदि तपाईंले इलाकाबाट निस्कने निर्णय लिनुभएको छैन भने कृपया आश्रयका लागि स्थान खोज्नुहोस् । शरणको स्थान खोज्नुहोस् ।’
राष्ट्रिय विपत्ति प्रबन्धन एजेन्सीका निर्देशक ब्रोक लांगले ह्वाइट हाउसमा राष्ट्रपतिसमक्ष सन् २००१ भन्दा अघि बनाइएका भवनले उक्त आँधीको सामना गर्न सक्षम नभएकाले आफू चिन्तित भएको बताएका छन् ।
अलाबामा र जर्जियाका साथै फ्लोरिडामा पनि संकटकालको घोषणा गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












