काठमाडौंमा ‘स्काइवाक टावर’ बन्ने (तस्बिर सहित)
काठमाडौं ५, असोज। कोरिया पुगेपछि सोल टावर नचढ्ने कमै हुन्छन् । फ्रान्सको अाइफेल टावर भन्नुस वा जापानको टोकियो टावर । हरेक देशमा गर्व गर्न लायक टावर छन् । नेपालमा पनि निजी क्षेत्रका युवा उद्यमीको पहलमा ‘स्काइवाक टावर’ निर्माण हुने भएको छ, त्यो पनि राजधानीकै मुटु कमलादीमा ।
दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको हो । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३ रोपनी जग्गामा बन्नेछ । टावर निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी हुनेछ ।
काठमाडौंमा फरक किसिमबाट समय बिताउन चाहानेका लागि टावर उत्कृष्ट विकल्प बन्ने दावी कम्पनीको छ ।
आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासहितको उक्त परियोजनाको शब्यदृश्य परिकल्पना सार्वजनिक गर्दै वर्ल्ड नेपालका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले तोकिएको समयभित्र परियोजना सम्पन्न गरिने बताए ।
टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने वल्र्ड नेपालको भनाइ छ ।

सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो ।
उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिनेछ । टावरभित्र अत्याधुनिक सबै सुबिधाहरु उपलब्ध हुनेछन् ।
परियोजनाका इन्जिनिनयर सन्जिव रोकाहाले ३ वर्षभित्र स्काइवाक टावर निर्माण भएर हरेक नेपालले एकपटक टावर चढ्ने बताए । उनले यो परियोजना सकिए लगत्तै यो भन्दा ठूलो र राष्ट्रिय गौरवको अर्को परियोजना आफूहरुले ल्याउने दावी समेत गरे ।
कस्तो हुन्छ टावर ?
सहासिक व्यक्तीका लागि सिसामाथि हिँड्ने अनुभव नेपालमै दिने यो टावर पहिलो हुनेछ ।
टावरको ७५ मिटरको अग्लाईमा सिसामाथि हिँड्न सकिने सुविधा दिइने छ । त्यहाँबाट सीधै तलको भईमा हेर्न सकिने भएकाले अवलोककर्तालाई आकाशका हिँडेको जस्तै अनुभूति हुने पोखरेले बताए ।

टावरको माथिल्लो भागमा अपोन रेस्टुरेन्टसहित नाइट क्लव पनि हुनेछ । भुई तल्लाका भागमा भने कफि तथा शोभिनियर सपहरु राखिनेछन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए ।
यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।
टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने सुविधा पनि दिइनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मानेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।
३२ सय रोपनी जग्गा दिन तयारः मन्त्री
प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितले स्काइवाक टावर निर्माणमा आफूले सबै सहयोग उपलव्ध गराउने र यस्तै परियोजनाका लागि बनेपामा ३२ सय रोपनी जग्गा दिन समेत आफू तयार रहेको बताए ।
उनले आफूले मेयर हुँदा १८ दिनमा माइतीघर मण्डला निर्माण गरेको स्मरण गर्दै इच्छाशक्ति भएका युवा उद्यमीहरुले २ वर्षमा टावर निर्माण गर्न सक्ने आफूले देखेको बताए ।













Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












