काठमाडौंमा ‘स्काइवाक टावर’ बन्ने (तस्बिर सहित)
काठमाडौं ५, असोज। कोरिया पुगेपछि सोल टावर नचढ्ने कमै हुन्छन् । फ्रान्सको अाइफेल टावर भन्नुस वा जापानको टोकियो टावर । हरेक देशमा गर्व गर्न लायक टावर छन् । नेपालमा पनि निजी क्षेत्रका युवा उद्यमीको पहलमा ‘स्काइवाक टावर’ निर्माण हुने भएको छ, त्यो पनि राजधानीकै मुटु कमलादीमा ।
दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको हो । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३ रोपनी जग्गामा बन्नेछ । टावर निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी हुनेछ ।
काठमाडौंमा फरक किसिमबाट समय बिताउन चाहानेका लागि टावर उत्कृष्ट विकल्प बन्ने दावी कम्पनीको छ ।
आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासहितको उक्त परियोजनाको शब्यदृश्य परिकल्पना सार्वजनिक गर्दै वर्ल्ड नेपालका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले तोकिएको समयभित्र परियोजना सम्पन्न गरिने बताए ।
टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने वल्र्ड नेपालको भनाइ छ ।

सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो ।
उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिनेछ । टावरभित्र अत्याधुनिक सबै सुबिधाहरु उपलब्ध हुनेछन् ।
परियोजनाका इन्जिनिनयर सन्जिव रोकाहाले ३ वर्षभित्र स्काइवाक टावर निर्माण भएर हरेक नेपालले एकपटक टावर चढ्ने बताए । उनले यो परियोजना सकिए लगत्तै यो भन्दा ठूलो र राष्ट्रिय गौरवको अर्को परियोजना आफूहरुले ल्याउने दावी समेत गरे ।
कस्तो हुन्छ टावर ?
सहासिक व्यक्तीका लागि सिसामाथि हिँड्ने अनुभव नेपालमै दिने यो टावर पहिलो हुनेछ ।
टावरको ७५ मिटरको अग्लाईमा सिसामाथि हिँड्न सकिने सुविधा दिइने छ । त्यहाँबाट सीधै तलको भईमा हेर्न सकिने भएकाले अवलोककर्तालाई आकाशका हिँडेको जस्तै अनुभूति हुने पोखरेले बताए ।

टावरको माथिल्लो भागमा अपोन रेस्टुरेन्टसहित नाइट क्लव पनि हुनेछ । भुई तल्लाका भागमा भने कफि तथा शोभिनियर सपहरु राखिनेछन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए ।
यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।
टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने सुविधा पनि दिइनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मानेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।
३२ सय रोपनी जग्गा दिन तयारः मन्त्री
प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितले स्काइवाक टावर निर्माणमा आफूले सबै सहयोग उपलव्ध गराउने र यस्तै परियोजनाका लागि बनेपामा ३२ सय रोपनी जग्गा दिन समेत आफू तयार रहेको बताए ।
उनले आफूले मेयर हुँदा १८ दिनमा माइतीघर मण्डला निर्माण गरेको स्मरण गर्दै इच्छाशक्ति भएका युवा उद्यमीहरुले २ वर्षमा टावर निर्माण गर्न सक्ने आफूले देखेको बताए ।













Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












