डेढ वर्षपछि ‘रिडर’ घरमा आउँदैननः काठमाडौंमा स्मार्ट मिटर
काठमाडौं २६, असोज । काठमाडौंमा पहिलो चरणमा स्मार्ट मिटर जोड्ने कम्पनीको टुंगो लागेको छ ।
नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले स्मार्ट मिटर जडानको लागि हुइझोउ झोङछेङ इलेक्ट्रोनिक कम्पनीलाई छनोट गरेको छ ।
कम्पनीले ठेक्का प्रक्रियामा सबैभन्दा कम ८८ करोड लागतमा ठेक्का प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकृत गरी सम्झौता गर्ने प्राधिकरणको तयारी थालेको छ ।
यो कम्पनीसँग ठेक्काको सम्झौता भएको डेढ वर्षभित्र काठमाडौंमा पहिलो पटक स्मार्ट मिटरिङ सुरु हुनेछ । यसपछि क्रमशः देशभर नै यो योजनालाई लागू गर्दै लैजाने योजना बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
यो आयोजना अन्तरगत पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जोडिनेछ । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालकाअनुसार कम्पनीले स्मार्ट मिटरको ‘डाटा सेन्टर’ पनि स्थापना गर्नेछ । त्यही डाटा सेन्टरबाट स्मार्ट मिटरिङ सिस्टम सञ्चालन हुनेछ ।
स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि अनलाइनखबरलाई बताउँछन् ।
स्मार्ट मिटरिङ लागू भएपछि विद्युत प्राधिकरणमा विजुली खपतको डाटा ‘रियल टाइम’मा आउँछ । उपाभोक्ताले पनि दैनिक आफ्नो बिल कति उठिरहेको छ भनेर मिटरमै हेर्न सक्छन् । दैनिक कति बिजुली उपयोग भइरहेको छ भन्ने डाटा प्राधिकरणमा पनि आउँछ भने उपभोक्ताले मिटर हेरेरै जानकारी लिन सक्छन् ।
अहिले प्राधिकरणका कर्मचारीहरु बिजुलीको बिल लिएर ग्राहकको घर–घरमा जान्छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ । हजारौं मिटर रिडरहरु खटाउनुपर्ने अवस्था छ । रिडरहरुलाई पनि घर–घरमा पुगेर मिटर रिड गर्न सजिलो छैन ।
कतिपय मिटर रिडरहरु नै मिटर बिगारेर बिजुली चोरीमा संलग्न हुने अवस्थाको अन्त्य पनि यसले गर्नेछ । किनभने हेरक ग्राहकको बिजुली खपत र बिलिङको डाटा पल–पलमा प्राधिकरणको डाटा सेन्टरमै आउँछ । यदि स्मार्ट मिटर सबै ठाउँमा लगाउन सक्ने हो भने प्राधिकरणलाई यति मटिर रिडिङमा जनशक्ति नै चाँहिँदैन । पिक आवरमा लोड म्यानेजमेन्ट पनि सहज बन्छ ।
के हो स्मार्ट मिटर ?
स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणालीमा आधारित हुन्छ ।
ग्राहकले खपत गरेको बिजुलीको तथ्यांक ‘डाटा सेन्टर’मा हरेक पलमा आउने र त्यसको बिलिङ गरेर लगातार भइराखेर ग्राहकसम्म पठाउने गरी यो प्रणालीमा जाडान हुन्छ । यस्तो डाटा रेडियो फ्रिक्वेन्सीमा आधारित भएर सञ्चार गरिन्छ ।
प्राधिकरणको केन्द्रिय सिस्टमले पल–पलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले विल तिरेको÷नतिरेको पनि प्राधिकरणले कम्प्युटरमै बसेर लिन सक्छ ।
विकशित मुलुकहरुमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले विना झन्झट विजुली खपतका तथ्यांक हेर्न सक्छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












