बलात्कारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवासबाहिर धर्ना
काठमाडौं २६, असोज। मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन ।
बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मी कपिलदेव श्रेष्ठले बताए ।
उनले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश पनि व्यक्त गरे ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
मानव अधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












