सरकारले सोचेअनुसार काम गर्न सकेन : प्रचण्ड
भक्तपुर २६, असोज। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहने बताए ।
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै प्रचण्डले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे ।
‘अन्य कुरामा भने हाम्रो नेतृत्वको सरकारले धेरै परिर्वतन गरेको छ, जनताको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र बारम्बार छलफल गर्दै आएको छाैं,’ प्रचण्डले भने ।
नेकपा नेतृत्वको दुई तिहाईको सरकार बनेपछि नेपालमा आर्थिक समृद्धिको ढोका खुलेको बताउँदै प्रचण्डले चीन र भारतसँग विभिन्न सम्झौता भएपछि नेपाल ‘ल्याड लक’बाट ल्याड लिंक देश बनेको दाबी गरे ।
सडक, रेल र जलमार्गको कामलाई वर्तमान सरकारले प्राथमिकता दिएर अगाडी बढिरहेको समेत उनको भनाई थियो ।
दुई पार्टीको एकतालाई मूर्तरुप दिन दशैं पछि प्रदेश र जिल्ला कमिटीहरुको काम तीव्र गतिमा अगाडी बढाइने पनि सो क्रममा प्रचण्डले बताए ।
कार्यक्रमका संयोजक तथा मध्यपुर थिमि नगरप्रमुख मदन सुन्दर श्रेष्ठले कला र संस्कृतिको सम्वद्र्धन गर्दै देश विकाशमा लाग्नु पर्ने धारणा राखे ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












