लोकसेवा बन्द गरियो, कर्मचारी पठाउन छाडियो
काठमाण्डाै ८, असोज। अहिले अलिकति माहोल केन्द्र भर्सेस प्रदेश नम्बर २ जस्तो देखियो । मिडियाले पनि यसलाई केन्द्र भर्सेस प्रदेशका रुपमा प्रोजेक्ट गर्न खोजेको जस्तो देखिन्छ । तर, त्यस्तो होइन । यो हाम्रो देशको हितमा पनि हुँदैन र कसैको हितमा पनि हुँदैन । यो कुनै राजनीतिक इस्यु हँुदै होइन । तर, अहिले यसले पोलिटिकल इमेजजस्तो पाइरहेको मलाई अनुभूति हुन थालेको छ ।
संघ र प्रदेशबीच एकआपसमा प्रतिक्रियाभन्दा पनि संयोजन र समन्वय गरेर अगाडि बढ्न आवश्यक छ । यो प्रहरी ऐनले एउटा सन्देश के दिएको छ भने प्रदेशलाई केही नदिए पनि चुप लागेर बस्छन् भन्नेचाहिँ नठाने हुन्छ । संघीयता कार्यान्वयनका लागि प्रदेश २ ले यस्तो सन्देश दिन जरुरी नै थियो । यतिमात्रै उद्देश्य हो । यहाँ कुनै पनि खालको द्वन्द्व होस् भन्ने चाहना छँदैछैन । यसमा सबैले स्पष्ट हुन जरुरी छ ।
लोकसेवा बन्द गरियो, कर्मचारी पठाउन छाडियो
खासमा अहिले के भइरहेको छ भने केन्द्रले कुनै पनि काम नगर्ने । दुई महिनालाई मन्त्रिपरिषदबाट लोकसेवालाई रोकेको छ । लोकसेवाले म कर्मचारी भर्ना गरेर दिन्छु भनेको थियो ।
मन्त्रिपरिषदबाट निर्णय गरेर दुई महिना नगर् भनियो । यता लोकसेवा पनि रोकिदियो, उता कर्मचारी पठाउने काम पनि सामान्य प्रशासन मन्त्रालयले रोकिदियो । यिनीहरुलाई कर्मचारी नै नपठाएर यत्तिकै राख्नुपर्छ भन्नेखालको जस्तो व्यवहार गरियो ।
अहिले केन्द्र सरकारको रिस प्रदेश २ तिर खनिएको छ । प्रदेश २ को गल्तीजस्तो देखाउन खोजिएको छ । तर, कुरा त्यस्तो होइन । कुरा के हो भने केन्द्रले निर्णय नगरेर यो सबै अवस्था उत्पन्न भएको हो । केन्द्रले निर्णय नगरेको मात्रै होइन, नगर् भन्ने माहोल बनाइदिएर यस्तो भएको हो ।
कमसेकम लोकसेवा आयोग संवैधानिक निकाय हो नि । त्यसलाई काम नगर् भनेर मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने कुनै आवश्यकता थियो ? यत्रो संकट छ कर्मचारीको । उसले म कर्मचारी भर्ना गरेर दिन्छु भनेर तयारी अवस्थामा बसेका बेला झ्याप्प मन्त्रिपरिषदबाट निर्णय गरियो । सामान्य प्रशासन मन्त्रालयले पनि पठाउनुपर्ने कर्मचारीको हकमा निर्णय नै गरिराखेको छैन ।
बजेट कार्यान्वयनमा संकट
हाम्रो जुन विकास बजेट छ, यसमा ५ महिना कटिसक्यो । अब प्रदेश सरकारको हातमा ७ महिना मात्र बाँकी छ । अन्तिमको चौमासिकमा हिसाब मिलानमात्रै हुन्छ, काम हुँदैन । भनेपछि, अब प्रदेश सरकारसँग एउटा चौमासिकमात्रै बाँकी छ । यो चौमासिकमा काम गरिएन भने एउटा पनि काम हुँदैन । त्यसपछि यो सिस्टमले काम गरेन भनेर जनताले लखेट्ने अवस्था आउँछ ।
तर, यो समस्याको समाधानमा जोड दिनुपर्नेमा प्रदेश २ ले संविधान उल्लंघन गरेर अगाडि बढ्यो भन्नेखालको प्रोजेक्सन भइरहेको छ । तर, अवस्था त्यस्तो होइन, प्रदेश २ कुनै पनि टकरावको मुडमा छैन । त्यसो गर्नु पनि हुँदैन । तर, प्रदेशको यो विवशतालाई ठाउ नैँ दिइएन । नबुझेर हो कि के भएर हो ? प्रदेशको यो विवशतालाई कसरी ठाउँ दिने ? जब कि हामीसँग बजेट कार्यान्वयनका लागि एक चौमासिकमात्रै बाँकी छ ।
सबै प्रदेशको साझा समस्या
यो समस्या प्रदेश २ को मात्रै होइन । अहिले २ को समस्याजस्तो मात्रै देखिए पनि यो सातै प्रदेशको साझा समस्या हो । प्रदेश २ ले बोल्न सक्यो । यो प्रदेशले बोलेपछि अरु प्रदेश खुशी भएका छन् । यसमा सबै प्रदेशको समर्थन छ ।
प्रदेशमा विकास बजेट आएको छ, कर्मचारीहरु छैनन् । लोकसेवालाई पनि केन्द्र सरकारले भर्ना बन्द गरिदियो । यता कर्मचारी पठाइराखेको छैन । यसले गर्दा केही पनि काम अगाडि बढ्न नसक्ने निराशाजनक अवस्था सिर्जना भयो ।
प्रदेश प्रहरीसम्बन्धी ऐन ७ नम्बर प्रदेशले पनि अगाडि बढाएको छ । ६ ले मन्त्रिपरिषदबाट पास गरेको छ । यसको विषयमा कसैले लेख्दैन । उसले मन्त्रिपरिषदबाट पास गर्नु भन्नुको अर्थ ७ र ६ ले पनि प्रक्रिया अगाडि बढाइसकेको हो नि त । तर, यस विषयमा कतै चर्चा छैन, प्रदेश २ को मात्रै चर्चा भइरहेको छ ।
प्रदेश २ ले एउटा सन्देश दिनचाहिँ खोजेकै हो । सन्देश के हो भने तपाईहरुले छिटो काम गर्नोस् है भन्ने जुन म्यासेज दिनु थियो, त्यो त गइसक्यो । मलाई लाग्छ, प्रदेश सरकार योभन्दा बढी कुनै पनि द्वन्द्वमा जाने पक्षमा छैन र जाँदैन पनि । अहिले नै प्रहरी भर्नै गरिहाल्ने, त्यो हुँदैन । अब संघले ल्याउला नि कानून त । त्यो कानून ल्याएपछि समन्वय गरेरै जाने अवस्था सिर्जना हुन्छ ।
प्रहरी अहिले नै भर्ना गरिँदैन
प्रदेश प्रहरी ऐन तत्कालै भर्ना गरिहाल्ने गरी आएको हैन । प्रदेश सरकारको उद्देश्य पनि त्यो होइन ।
व्यवहारिक कुरा गर्ने हो भने यो प्रहरी ऐन आइसकेपछि नियमावली बनाउनुपर्यो । निर्देशिका बनाउनुपर्यो । भर्नाको मापदण्ड बनाउनुपर्यो ।
दुई नम्बर प्रदेशमा अहिलेसम्म प्रहरी तालिम केन्द्र छैन । यो एउटै प्रदेश हो, जहाँ प्रहरी तालिमकेन्द्र छैन । यो तालिम केन्द्र बनाउनुपर्यो । यति सबै काम गर्दाखेरि त कम्तीमा ५/६ महिना लाग्छ । त्यतिबेलासम्म संघीय प्रहरी ऐन बनाए भैहाल्यो नि ।
अर्को कुरा, अहिले प्रदेश २ को जुन प्रहरी ऐनको ड्राफ्ट बाहिर आएको छ, संसदले पारित गर्दा यसमा केही प्रावधान थपेको छ । प्रदेशमा प्रहरीको कति संख्या हुने, त्यो केन्द्रसँग सहमति लिने भन्ने प्रावधान राखिएको छ । त्यहाँ संघीय प्रहरी ऐनको चर्चा गरिएको छ ।
संसदबाट पास भएको ऐनमा अर्को के थपिएको छ भने यो ऐनमा भएको व्यवस्था यही ऐनबमोजिम हुने र अन्य समायोजन, सुपरिवेक्षणसम्बन्धी व्यवस्था संघीय प्रहरी ऐनवमोजिम हुने छ भनेर क्लज राखिएको छ ।
यसर्थ संघले सुपरभिजनको जस्तो नियम बनाउँछ, त्यो स्वतः प्रयोगमा आउँछ । यसले गर्दा भविश्यमा बन्ने संघीय ऐनसँग पनि यसको कुनै अन्तरविरोध हुने ठाउँ छैन ।
समस्याको समाधान कसरी गर्ने ?
अब यो समस्या समाधान गर्ने हो भने सरकारले रोकेको लोकसभालाई तुरुन्त खोल्नुपर्यो । काठमाडौंमा थुप्रिएका कर्मचारीलाई तुरुन्त, यथाशिघ्र तल पठाउनुपर्यो । नजाने कर्मचारीलाई कारवाही गरेर हुन्छ कि ? सुदूरपश्चिम जाने कर्मचारीलाई २ अंक बढी दिने चलनजस्तै प्रदेशमा जानेलाई केही अंक थपिदिएर हुन्छ कि ? अथवा प्रदेश सरकारमा काम नगरी सचिवमा बढुवा हुन पाउँदैन भन्ने नीति ल्याएर हुन्छ कि ? के गरेर हुन्छ, कर्मचारीहरु तुरुन्त पठाउनुपर्यो । अन्यथा बजेट कार्यावयन नै प्रभावित हुने देखियो ।
अर्को कुरा, यो प्रहरी ऐनबाट पनि आत्तिनै पर्दैन । अहिले प्रदेशमा पठाइएका प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई केन्द्रबाटै खटाइए पनि ८ जिल्लाका एसपीहरुलाई डीआइजी र आन्तरिक मामिला मन्त्रीको मातहतमा काम गराउन सकिन्छ ।
जसरी उपसचिवहरुको सरुवा गर्ने अधिकार मुख्यमन्त्रीको कार्यालयलाई दिइएको छ, त्यसैगरी एसपीहरुको सरुवा डीआइजी र आन्तरिक मामिला मन्त्रालयले हेर्न सक्छन् । यहाँ ८ वटा एसपीहरु पठाइदिने, यहाँको आन्तरिक मामिला मन्त्रालयले डीआइजीसँग छलफल गरेर धनुषा, महोत्तरी लगायत ८ वटा जिल्लामा पठाउँछ । यस्ता प्राविधिक कामहरु त तत्कालै गर्न सकिन्छ नि ।
यस्तो अभ्यास अहिले प्रदेशमा सुरु भइसकेको छ । जस्तो- जिल्ला वन अधिकृत (डीएफओ) हरुलाई हेरौं । केन्द्रले एकैचोटि प्रदेश २ मा ८ वटा डीएफओहरु पठाइदियो । उनीहरुलाई मुख्यमन्त्री कार्यालयले बारा, पर्सा लगायत ८ जिल्लामा खटायो ।
यसैगरी ८ जना एसपी पठाइदिने, त्यसपछि डीआइजी र आन्तरिक मामिला मन्त्रालयले छलफल गरेर कसलाई कहाँ खटाउने हो, खटाउने । यति गरे त के फरक पर्छ र ?
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












