सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने
काठमाडौं । सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।
टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा शुक्रबार गृह मन्त्रालयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।
टिपरका कारण दुर्घटना बढेर मानवीय क्षतिसमेत भएपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा त्यस नियमलाई केही खुकुलो पारेर राति र विहान १/१ घण्टा चाँडै चलाउन दिइएको थियो ।
तर चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो । आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरेर २४ वटालाई चल्न दिने निर्णय गर्न लागिएको हो ।
‘राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस् भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गर्न लागेका छौं’ उनले भने । चक्रपथ सुधार आयोजनाका लागि वैकल्पिक मार्गबाट टिपर चलाउन सकिन्छ कि भनेर लामाटार र लाकुरीभञ्ज्याङको सडक हेर्दा ती सडकबाट टिपर चलाउन नसकिने देखेपछि मूल बनेपा भक्तपुरको जगाती हुँदै काठमाडौं भित्रने सडकमै टिपरलाई प्रतिबन्ध फुकुवा गरिएको हो ।
गृह मन्त्रालयमा भएको छलफलमा यस अवधिमा मोटरसाइकललाई लेन अनुशासन पलना गर्न लगाउने र टिपर व्यवसायीले पनि जनचेतनामूलक कार्यक्रम गर्ने सहमति भएकेा छ । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयको भनाइ छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











