सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने
काठमाडौं । सरकारले टिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।
टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा शुक्रबार गृह मन्त्रालयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।
टिपरका कारण दुर्घटना बढेर मानवीय क्षतिसमेत भएपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा त्यस नियमलाई केही खुकुलो पारेर राति र विहान १/१ घण्टा चाँडै चलाउन दिइएको थियो ।
तर चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको हो । आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरेर २४ वटालाई चल्न दिने निर्णय गर्न लागिएको हो ।
‘राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस् भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गर्न लागेका छौं’ उनले भने । चक्रपथ सुधार आयोजनाका लागि वैकल्पिक मार्गबाट टिपर चलाउन सकिन्छ कि भनेर लामाटार र लाकुरीभञ्ज्याङको सडक हेर्दा ती सडकबाट टिपर चलाउन नसकिने देखेपछि मूल बनेपा भक्तपुरको जगाती हुँदै काठमाडौं भित्रने सडकमै टिपरलाई प्रतिबन्ध फुकुवा गरिएको हो ।
गृह मन्त्रालयमा भएको छलफलमा यस अवधिमा मोटरसाइकललाई लेन अनुशासन पलना गर्न लगाउने र टिपर व्यवसायीले पनि जनचेतनामूलक कार्यक्रम गर्ने सहमति भएकेा छ । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयको भनाइ छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












